Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

कुरिलो खेती गरी शिक्षकलाई पारिश्रमिक

शनिबार, ०१ फागुन २०७२

काठमाडौँ, फागुन । कञ्चनपुरको झलारी– पिपलाडी नगरपालिकाको बेल्डाँडीस्थित सिद्धनाथ निम्न माध्यमिक विद्यालयले कुरिलो खेती गरी शिक्षकलाई पारिश्रमिक दिने गरेको छ ।  आम्दानीका स्रोत नभएपछि विद्यालयले आफ्नो जग्गामा कुरिलो खेती गरी निजी स्रोतमा राखिएका शिक्षकलाई पारिश्रमिक दिने व्यवस्था गरेको हो । 

करिब तीन सय ५० विद्यार्र्थी अध्ययनरत सो विद्यालयमा दुई जना स्थायी, तीन जना राहत तथा चार जना निजी स्रोतका शिक्षक कार्यरत छन् । “निजी स्रोतका चार जनालाई कुरिलो खेतीको आम्दानीबाट पारिश्रमिक दिँदै आएका छौँ” विद्यालयका शिक्षक हर्कबहादुर ऐरले बताए ।

कुरिलो बिक्री नहुने वर्षमा पारिश्रमिक उपलब्ध गराउन विद्यालयलाई समस्या हुने गरेको छ । कुरिलो खेतीबाट वर्षमा रु ८५ हजार विद्यालयले आम्दानी गर्दै आएको छ ।  विसं २०४८ मा स्थापना भएको सो विद्यालयले पारिश्रमिक उपलब्ध गराउन समस्या भएपछि आफ्नो जग्गामा कुरिलो खेती सुरु गरेको हो ।

रासस 

 

प्रतिक्रिया