काठमाडौँ, १ फागुन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ संविधान कुनै पनि हालतमा पुनः लेखन नहुने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घको प्रदेश नं २ को प्रथम प्रादेशिक भेलाको शुक्रबार महोत्तरीको बर्दिवासमा उद्घाटन गर्दै संविधान जारी भएपछि देश नयाँ युगमा प्रवेश गरेको बताए ।
मन्त्री पोखरेलले हालको संविधान सामाजिक न्यायका पक्षमा विशवमै सबैभन्दा उत्कृष्ट रहेको दाबी गरेका थिए । उनले पत्रकारले जनतालाई सुसूचित गराउन सत्य, तथ्यमा आधारित सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
रासस
प्रतिक्रिया