Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

माथिल्लो तहमा स्थायी शिक्षक नआईञ्जेल तल्लै तहकालाई निरन्तरता दिन माग

विहीबार, ०५ चैत्र २०७१

काठमाडौं ५ चैत / तल्लो तहमा स्थायी नियुक्ति भई माथिल्लो तहको दरबन्दीमा अस्थाई रुपमा कार्यरत शिक्षकलाई निरन्तरता दिन नवगठित नेपाल शिक्षक महासंघले माग गरेको छ । स्थायी तहमै झानुपर्ने अन्यथा तलव भत्ता रोक्ने शिक्षा मन्त्रालयको निर्णय अब्यवहारिक भएको भन्दै महासंघले माथिल्लो तहमा स्थायी ब्यक्तिको पदपूर्ति नभईज्लेल सोही पदमा कार्य गर्न दिनु पर्ने माग गरेको हो ।

बिहीबार शिक्षा मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा महासंघले विद्यालयमा कार्यरत अस्थायी अनुमति प्राप्त शिक्षकहरुको म्याद सकिएको भनेर तलब भत्ता रोकेर राजिनामा गर्न बाध्य पारेको तथा अर्को तर्फ केही विषयमा अध्यापन अनुमतिपत्र नचाहिने प्रवन्ध गरिनु विरोधाभाषपूर्ण परिस्थिति भएको उल्लेख गरेको छ । कार्यरत शिक्षकहरुलाई अध्यापन अनुमतिपत्रको परीक्षा नतिजा प्रकाशित भई स्थायी अध्यापन अनुमतिपत्र प्राप्त शिक्षकको ब्यवस्था नहुञ्जेल अस्थायी प्रवन्ध मिलाई तलब भत्ता निकासा गर्न पनि महासंघले माग गरेको छ ।

महासंघको माग जस्ताको  त्यस्तै :

महासंघले विद्यालय शिक्षक कर्मचारी माथि राज्यले विभेद गरेको भन्दै अन्य कर्मचारी सरह महिनाबारी रुपमै तलव भत्ता भुक्तानिको ब्यवस्था गर्न पनि माग गरेको छ । निकासा हुन बाँकी रहेको उच्च मावि तहको अनुदान, विद्यालय कर्मचारकिो तलव र अन्य छुट तलब भत्ता अनुदानहरु यथासिघ्र निकासाको माग पनि गरेको छ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको सेवा सुविधा र सुरक्षाको ग्यारेण्टिका लागि नीति तथा २०६८ साल चैत्र २ गते भएको सहमती कार्यान्वयनको माग पनि उसले गरेको छ ।

शिक्षा ऐनमा संशोधन गरी तुरुन्तै उच्च स्तरीय शिक्षा आयोग गठन गर्न पनि महासंघले माग गरेको छ । उक्त माग चैत मसान्त सम्म पुरा नभए आगामी शैक्षिक सत्रको शुरु महिना बैशाखबाट आन्दोलन गर्ने महासंघले धम्कि पनि दिएको छ ।

यो पनि पढ्नुहोस् भद्रगोलका बिच शिक्षक महासंघको तदर्थ समिति घोषणा

प्रतिक्रिया