Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

प्रतिष्ठानले तीन सय बढीलाई दीक्षित गर्ने

शनिबार, ०१ फागुन २०७२

काठमाडौँ, १ फागुन  । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सञ्चालक परिषद् (सिनेट) बैठकले प्रतिष्ठानलाई चिकित्सा विज्ञानका क्षेत्रमा अझ मजबुत र गुणस्तरीय दक्ष जनशक्ति उत्पादन र सेवा उपलब्ध गराउनका लागि मजबुत बनाउँदै जानुपर्नेमा जोड दिएको छ । 

प्रतिष्ठानका सहउपकुलपति तथा स्वास्थ्यमन्त्री रामजनम चौधरीको अध्यक्षतामा बसेको बैठकमा प्रतिष्ठानका उपकुलपति प्रा. डा. बलभद्रप्रसाद दासले प्रतिष्ठानलाई विश्व चिकित्सा विज्ञानका क्षेत्रमा प्रतिस्पर्धी तुल्याउन र आर्थिक रुपले सबल तुल्याउन सरकारले गम्भीर रुपमा ध्यान दिनुपर्नेमा जोड दिए । 

प्रतिष्ठानका अस्पताल प्रमुख प्रा. डा. अरविन्दकुमार सिन्हाले प्रतिष्ठानसँग धेरै समस्याका रुपमा रहेको सघन उपचार कक्ष, मुटुसम्बन्धी लगायत भौतिक पूर्वाधार विकासका लागि छुट्टै २९ श्ययाको सघन उपचार भवन र अर्वुद रोग उपचारका लागि १०० श्यया क्षमताका भवन निर्माणसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । 

बैठकले प्रतिष्ठानबाट उत्पादन भई एमडी, एमएस, एमएस्सी नर्सिङ, एमबिबिएस, बिएस्सी नर्सिङ लगायत विभिन्न सङ्कायबाट उपाधि प्राप्त गर्ने ३३१ विद्यार्थीलाई दीक्षित गर्न अनुमोदन गरेको छ । 

रासस 

 

प्रतिक्रिया