Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

के गर्यो शिक्षक संगठनले हेटौंडामा ?

शुक्रबार, २९ माघ २०७२

काठमाडौं - २८ बुँदे घोषणापत्र जारी गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनको १९ औ राष्ट्रिय परिषद बैठक सम्पन्न भएको छ । ६ वटा विभिन्न शिर्षकमा जारी उक्त घोषणा पत्रमा राजनीतिक विषयलाई महत्व दिदैं पहिलो बुँदामै उल्लेख गरिएको छ ।

समसामयिक राष्ट्रिय सन्दर्भ शिर्षक उल्लेख गरिएको उक्त बुँदामा संविधान घोषणा देखि राष्ट्रपतिलाई जनकपुरमा भएको ब्यवहार सम्म उल्लेख गरिएको छ । राष्ट्रपति, उप राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उप सभामुख निर्वाचित भएकोमा बधाई दिईएको छ । विहीबार र शुक्रबार गरी दुई दिन चलेको बैठकमा मधेशमा सञ्चालित आन्दोलन र भारत सरकारले गरेको अघोषित नकाबन्दीका कारण भएको पिडा र क्षति प्रति दुःख ब्यक्त गर्दै
बंगबन्धु गोल्डकप प्रतियोगितामा नेपाललाई जिताउने खेलाडीको पनि स्मरण गरिएको छ ।

बैठकको उद्घाटन उपप्रधानमन्त्री भीम रावलले गरेका थिए । उद्घाटन कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल पनि उपस्थित थिए । कार्यक्रममा संगठनका संस्थापक अध्यक्ष बद्री प्रसाद खतिवडालाई सम्मान गरियो । खतिवडा  हेटौंडाको भुटनदेवी माविका तत्कालिन प्रधानाध्यापक हुन् । कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरीबंश आचार्यलाई लोकतन्त्र स्थापनाका लागि आम रुपमा जनतालाई शिक्षित गर्न योगदान दिएको भन्दै सम्मान समेत गरियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै शिक्षकहरु, फुटवल खेलाडी नवयुग श्रेष्ठ, लगायत एसएलसीमा उत्कृष्ट विद्यार्थीलाई पनि सम्मान गरियो ।

बैठकमा ७४ जिल्लाका ३ सय ७२ प्रतिनिधि सहभागि भएको संगठनले जनाएको छ । 

बैठक पछि जारी घोषणा पत्र :

नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय समितिको ऐतिहासिक १९ औ राष्ट्रिय परिषद बैठक २०७२र१०र२८ र २९ गते मकवानपुरको हेटौडामा सम्पन्न भई समसामयिक सन्दर्भहरुमा निम्न अनुसारको हेटौडा घोषणा पत्र जारी गर्दछः

क)     समसामयिक राष्ट्रिय सन्दर्भ

१. यो राष्ट्रिय परिषद संघिय लोकतान्त्रीक गणतन्त्र नेपाललाई संस्थगत गर्दै सम्मानित संविधान सभाबाट मिति  २०७२ आश्विन  ३ गते जारी नेपालको संविधान २०७२ को हार्दिक स्वागत गर्दछ।

२. यो परिषदको बैठक मिति २०७२ / १/ १२ गतेको ७.८ रेक्टर स्केलको विनाशकारी भुकम्प र त्यस पछिका सयौ पराकम्पहरुका कारण भएको ब्यापक जन धनको क्षति प्रति दुःख प्रकट गर्दछ साथै दिवंगत ने रा शि संगठनको धादिङ जिल्लाबाट केन्द्रीय प्रतिनीधि तथा सल्याण्टार उच्च मा वि, सल्याणटारको प्राचार्य बालकुमारी श्रेष्ठ, सिन्धुपाल्चोक जिल्ला समितिका पूर्व उपाध्यक्ष सुरेशकुमार श्रेष्ठ र दोलखा जिल्ला समितिका सदस्य मकर विक लगायत  करीव ९००० नागरिकहरु प्रति श्रध्दाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवार जनप्रती समवेदना व्यक्त गर्दछ साथै क्षति ग्रस्त संरचनाहरुको  सिघ्र पुन निर्माण गर्न र पिडित परिवारहरुलाई पुनर्ब्यस्थापन गर्न सरकारसँग जोडदार माग समेत गर्दछ ।

३. यो राष्ट्रिय परिषदको बैठक नेपालको संविधान २०७२ जारी भए पश्चात गरिमामय राष्ट्रपति पदमा निर्वा्चित हुनुभएकी श्री बिद्यादेवी भण्डारी, उप राष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री खड्गप्रसाद शर्मा  ओली , सभामुख श्री ओनसरी घर्ती र उप सभामुख गंगाप्रसाद यादव निर्वा्चित हुनु भएकोमा हार्दिक बदाई ज्ञापन गर्दै  सफल कार्यकालको शुभ कामना ब्याक्त गर्दछ ।

४. यो राष्ट्रिय परिषदको बैठक नेपालको संविधान २०७२ को घोषणा पश्चात तराई मधेशमा सञ्चालित आन्दोलन र भारत सरकारले गरेको अघोषित नकाबन्दीका कारण उत्पन्न समस्या,अवरोध,मानविय,शैक्षिक आर्थिक तथा समग्र क्षेत्र र नेपाली जनजिवनमा परेको दुःख ,पिडा र क्षति प्रति दुःख ब्याक्त गर्दछ साथै सीघ्र वार्ताबाट समाधान गर्न सम्बन्धित सबैमाहार्दिक अपिल गर्दछ।

५. यो राष्ट्रिय परिषदको बैठक २०७२र९र१ गते ऐतिहासिक नगरी जनकपुरको धार्मिक तिर्थ स्थल राम जानकी मान्दिरमा सम्मानित राष्ट्रपति बिद्यादेवि भण्डारी प्रति भएको दुर्व्यवहारको घोर बिरोध र भर्त्सना गर्दछ।

६. यो  बैठक २०७२र१०र८ मा बंगला देशमा भएको बंगबन्धु गोल्डकप प्रतियोगितामा नेपाललाई प्रथम स्थानमा पुर्याई पदक र नगद रु.५० लाख दिलाउने नवयुग श्रेष्ठ लगाएतका खेलाडीहरुलाई हार्दिक बधाई ,स्वागत र सम्मान प्रकट गर्दछ।

ख)  शैक्षिक र पेशागत सन्दर्भ

१.  यो राष्ट्रिय परिषदको बैठक ११ औ महाधिवेशनले पारित गरेका नीति, प्रस्तावहरु, १८ औ राष्ट्रिय परिषदले अवलम्वन गरेका सांगठनिक सुदृढीकरण अभियान लगायतका  सन्दर्भहरु र १९ औ राष्ट्रिय परिषदले अंगिकार गरेका “हामी सक्छौं हामी गर्छौं (we can we do)“ का विषय बस्तु र मुद्दाहरुलाई कार्यक्रम साथ कार्वन्नयन गर्ने प्रतिबद्धता ब्यक्त गर्दछ ।

२. यो बैठक २०६६/७/११ गते भएको १४ वुदे सम्झौता ०६८/१२/२ गतेको ३५ वुदे सम्झौता ,नेपाल शिक्षक महासघसंग २०७२/५/२५ मितिमा गरिएका ३ वुदे सहमती र पटक पटक राज्यले नेपाल राष्ट्रिय शिक्षक संगठन , नेपाल शिक्षक युनियन संग गरेका सम्झौता र सहमतिहरुको  सिघ्र कार्वान्यनकको  जोडदार माग गर्दछ।

३. यो बैठक हाल नेपालको ब्यवस्थापिका संसदमा दर्ता भई छलफलमा रहेको शिक्षा ऐन संशोधन गर्न बनेको विधेक २०७२ मा राज्यले हामीसंग गरेका  सम्झौताहरुको कार्वन्वयनका साथ सिध्र पारित गर्न नेपाल सरकार ब्यावस्थापिका संसद समक्ष जोडदार माग गर्दछ ।

४. यो बैठक नेपालको संविधान २०७२ जारि गर्दाका बखत १४ वटा संवैधानिक आयोगको ब्यवस्थापन हुँदा पनि संवैधानिक शिक्षा आयोगको ब्यवस्थापन हुन नसकेको प्रति दुःख प्रकट गर्दै संविधानको संशोधन मार्फत संवैधानिक शिक्षा आयोगको ब्यवस्था गर्न र शिक्षकहरुको राजनैतिक अधिकार सहितको ट्रेड युनियनको ब्यवस्था गर्न जोडदार माग गर्दछ ।

५. यो बैठक शिक्षामा देखिएको ब्यापारीकरण ,निजीकरणको विरोध गर्दै प्रयोगवादी तदर्थवादी निती निरुपण गर्ने प्रक्रिया र पद्दतीको असहमति व्यक्त गर्दै प्राविधिक, ब्यवशायिक, विश्वब्यापी र जीवन उपयोगी शिक्षा नीतीको अवलम्वन गर्न, कम्पनी ऐन खारेज गरी सहकारी वा गुठी मार्फत संस्थागत विद्यालयलाई ब्यवस्थापन गर्न र राज्य शिक्षा क्षेत्रको आर्थिक दायित्वबाट पन्छिने प्रक्रियाको अन्त्य गर्दै अन्तर्रा्ष्ट्रिय प्रतिवध्दता अनुरुप जिडिपिको ६५ वा वार्षिक बजेटको निम्नतम २०५ शिक्षा क्षेत्रमा विनियोजन गरी लगानी गर्न सरकारसमक्ष जोडदार माग गर्दछ ।

६. यो बैठक नेपालको सामुदायिक शिक्षामा देखिएका कमजोरी र विसंगतीको अन्त्य गर्दै गुणस्तर अभिवृदिका निमित्त सिर्जनात्मक ,रचनात्मक कार्य विधि अवलम्वन गर्न कार्य क्षेत्रमा थप समर्पणकासाथ क्रियाशिल रहने  प्रतिवद्दता ब्यक्त गर्दछ।

७. यो बैठक मुलकको शिक्षक ब्यवस्थापनको क्षेत्रमा देखिएको वहुद्दार प्रक्रियाद्दारा हुने नियुक्तिको विरोधगर्दै संवैधानिक शिक्षा सेवा आयोग मार्फत योग्यतम युवाहरु भत्र्याउने र टिकाउने रणनिति अवलम्वन गर्न शिक्षकको संख्यामा भएको कमीलाई संम्वोधन गर्ने गरी शिक्षक नियुक्ति गर्न र समस्या समाधान गर्न जोडदार माग गर्दछ।

८. यो बैठक नेपाल सरकारले २०६८/११/८ मा घोषणागरेको विद्यालय शान्ती क्षेत्र प्रस्तावको सफल कार्वन्वयनको माग गर्दै विद्यालयमा हुने सबै प्रकारका राजनैतिक हस्तक्षेपको अन्त्यको लागि जोडदार माग गर्दछ।

९. यो बैठक २०७१/१०/२८ मा नेपाल शिक्षक युनियनको रुपान्तरण गर्दै घोषित नेपाल शिक्षक महासंघ CNT को हार्दिक स्वागत गर्दछ साथै CNT को सुदृढीकरण तथा सवलीकरणमा दृढताका साथ क्रियाशिल रहने प्रतिवद्धता ब्यक्त गर्दछ।

१०. यो बैठक शिक्षण पेशामा महिला शिक्षकहरुको पहुच,क्षमता,अभिवृदि र शसक्तिकरणका निमित्त थप पहल कदमी र कार्कायमका साथ अघिबढ्ने प्रति वद्धता ब्याक्त गर्दछ।

११. यो बैठक १५ सेप्टेम्बर २०१५ मा घोषित विश्वब्यापी SDG (दिगो विकासका लक्ष्यहरु) को सफलताका निमित्त सुदृढ इच्छा शक्ति र कार्यन्वयनको माग गर्दछ साथै शिक्षाको लागि विश्व साझेदारी (GPE) मार्फत विश्वका अल्प विकसित,विकासन्मुख मुलुकमा गरिने शैक्षिक लगानी तिनीहरुको आवश्यकता, पहिचानको आधारमा अभाव र वन्चनाको अन्त्य हुने गरी लगानी गर्न माग गर्दछ।

१२. यो बैठक नेपाल राष्ट्रिय शिक्षक संगठनको ऐतिहासिक उद्गमथलो मकावनपुरको हेटौडामा अवस्थित श्री भुटनदेवि उच्च माद्यामिक विद्यालयलाई केन्द्र विन्दु बनाई नेपाली शिक्षकहरुको ऐतिहिसिक धरोहरकोरुपमा विकसित गर्न प्रयत्नशिल रहने दृढसंकल्प गर्दछ।

१३. यो बैठक महिला, बालबालिकाहरुमाथि हुने सबै प्रकारका हिंसा र विविध शोषण अन्त्यको माग गर्दछ साथै विश्व मानव अधिकार एवं  विश्व श्रम संगठन, युनेस्को (ILO, UNESCO) घोषणा पत्रका मूल्य मान्यताको सफल कार्यन्वयनको माग गर्दछ।

१४. नेपाल सरकारले नयाँ संविधानको घोषणा, दीगो विकासको लक्ष, विक्षेसुका को समाप्ती र विनाशकारी भूकम्पले निर्माण गरेको आर्थिक सामाजिक परिवेशलाई आधार मानी विद्यालय शिक्षा विकास कार्यक्रम निर्माण गर्दै रहेको सन्दर्भमा शिक्षक समुदायलाई प्रमुख साझेदार मानी शिक्षामा गरिने सुधार र विकासको लागि शिक्षक समुदायको पूर्ण संलग्नता, शिक्षकको प्रोत्साहनका लागि स्पष्ट नीति, लगानी विस्तार लगायतका मुद्दाहरुलाई सम्बोधन गराउन यथासंभव प्रयत्न गर्ने तर विगतमा जस्तै शिक्षक समुदायलाई नीति निर्माणको चरणबाट बाहिर राख्ने र कार्यान्वयनमा लाद्ने गरी प्रस्तुत भएमा उक्त कार्यक्रमलाई असहमति जाहेर गर्दै अघि बढ्ने प्रस्ताव पारित गरिन्छ।

ग) अन्तराष्ट्रिय प्रस्तावहरु

१.    यो बैठक लामो समय पछि हालै बर्मामा भएको लोकतान्त्रिक आन्दोलनको सफलता र लोकलन्त्र बाहली प्रति शुभकामना ब्यक्त गर्दछ।

२.    यो बैठक अफ्रिकी राष्ट्र सोमालिया, नाईजेरिया लगायत विश्वका मूलुकहरुमा हुने गरेका सबै प्रकारका वर्गिय,जातिय,लैंगिक,विभेद,दमन र उत्पिडनको साथै विद्यालयहरुमा हुने गरेको आक्रमणको अन्त्यको माग गर्दँछ।

घ) वातावरण सन्दर्भमा

१.    यो बैठक प्रदूषणका कारण उत्पन्न विश्व तापमानमा वृध्दी र त्यसले निम्त्याएको जलवायु परिवर्तन तथा ओजन तह विनास लगायका कारण सृजित समस्याको निराकरणका निमित्त समतामूलक समाधानको लागि सजग रहदै विश्व वातावरण संरक्षणमा विश्वब्यापी संलग्नता र क्रियाशिलताको माग गर्दछ साथै हाल विश्वमा एडिज जातको लामखुट्टेको प्रकोपबाट माहामारीको रुपमा फैलिएको जिका भाईरस संकर्मणको नियन्त्रणको निमित्त विश्व समुदायमा हार्दिक अपिल गर्दछ।

ङ)  धन्यवाद प्रस्ताव

१.    यो बैठक मकवानपुर जिल्लाको ऐतिहासिक सुन्दर नगरी हेटौडामा आयोजित १९औ राष्ट्रिय परिषदको उद्धाटन सत्रमा शुभकामना प्रदान गर्नुहुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली,  प्रमुख अतिथि नेपाल सरकारका उप(प्रधान एवं रक्षा मन्त्री मानिय भिमबहादुर रावल, विशिष्ठ अतिथि  माननिय शिक्षा मन्त्री गिरिराजमणि पोख्रेल तथा संगठनकको संस्थापक अध्यक्ष आदरणीय बद्रीप्रसाद खतिवडा प्रति हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछ साथै  सम्पुर्ण अतिथीज्युहरु ,अभिनन्दीत, सम्मानित ब्यक्तित्वहरु प्रति हार्दिक आभार र धन्यबाद ब्यक्त गर्दछ ।

२.  यो बैठक नेपाल राष्ट्रिय शिक्षक संगठन (NNTA) मितिः २०७२र६र२० मा क्त्ँ को चौथो सम्मेलनवाट अध्यक्ष पदमा निर्वा्चित भएकोमा खुशी प्रकट गर्दछ साथै हाम्रो संगठनका वर्तमान अध्यक्ष श्री बाबुराम थापा अध्यक्ष पदमा निर्वा्चित हुनु भएकोमा हार्दिक बधाई र कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्दछ।

३. यो बैठक ऐतिहासिक १९औ राष्ट्रिय परिषदको बैठक सम्पन्ह गर्न सफल नेपाल राष्ट्रिय शिक्षक संगठन नारायणी अञ्चल समिति , मूलतः मकवानपुर जिल्ला  समिति  र सहयोग पुर्याउनुहुने सम्पुर्ण संघ संस्था र शुभेच्छुक समुदाय प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

४. यो राष्ट्रिय परिषदलाई भब्य र सभ्यताकासाथ सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय,क्षेत्रिय ,अञ्चल, जिल्ला समितिहरु, पदाधिकारी सदस्यहरु,केन्द्रिय सल्लाहाकार ज्युहरु,पार्षदहरु,ऋल्त् का पदाधिकारी सदस्यहरु सबै प्रति यो बैठक हार्दिक कृतज्ञता ज्ञापन गर्दछ. ।

च)  श्रद्धाञ्जली तथा समवेदना

१. यो परिषद बैठक सम्मानित १८ औ राष्ट्रिय परिषद देखि हालसम्म आईपुग्दा नेपाल राष्ट्रिय शिक्षक संगठनका नेतृत्व तहमा रहनु भएका शिक्षक मित्रहरु,सदस्यहरु र परिवारजनहरु दिवंगत हुनु भएको छ वहाँहरु प्रति हार्दिक श्रदानञ्जली ब्याक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेसना ब्याक्त गर्दछ।

२. यो बैठक मितिः २०७२/१०/ २५ गते राती असामयिक निधन हुनु भएका पूर्व प्रधान मन्त्री एवं नेपाली काँग्रेसका सभापति श्री शुशिल कोईराला प्रति श्रादाञ्जली ब्यक्त गर्दछ साथै परिवारजनहरुमा समवेदना ब्यक्त गर्दछ।

हेटौडा घोषणा पत्र तयारी समिति

प्रकाशित मिति २०७२ माघ २९ गते

प्रतिक्रिया