Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

सरकारलाई टेरेन भारतीय स्कूलले

शुक्रबार, २९ माघ २०७२

काठमाडौं - भारतीय कार्यक्रम सञ्चालन गर्ने चोभारको मोर्डन इण्डियन स्कूलले सरकारको निर्णय अटेर गरेको छ ।

शिक्षा मन्त्रालयले गत पुस २९ मा सूचना प्रकाशति गरी एक महिना भित्र दर्ता प्रक्रियामा आउन भने पनि मोर्डन स्कूल शुक्रबार कार्यालय समयसम्म पनि दर्ताको प्रक्रियामा आएको छैन । यो विद्यालयले अनुमति बिना भारतको सीबीएसई बोर्डको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

मन्त्रीपरिषद्को समाजिक समितिको निर्णय र माघ १० मा शिक्षा मन्त्रीस्तरीय निर्णय गरेर विदेशी कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई अनुमति दिने भनिएको छ । यसकै आधारमा अन्य विद्यालय दर्ता प्रक्रियामा आएपनि मोर्डनले अटेर गरको मन्त्रालयले जनाएको छ ।

भारतीय दुतावासले नेपाल सरकारको नियम भित्र रहेर सञ्चालन गर्न आफ्ना विद्यालयहरुलाई पत्राचार गरिसकेको जनाएको छ । उक्त जानकारी परराष्ट्र मन्त्रालय मार्फत शिक्षा मन्त्रालयलाई समेत गराएको छ । 

मोर्डन विद्यालय दर्ता प्रक्रियामा नआए पछि उक्त विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु अन्यत्र अध्ययन गर्न बञ्चित भएका छन् । दर्ता प्रक्रियामा नआउने विद्यालयमा अध्ययन गरेका विद्यार्थीको शैक्षिक प्रमाणपत्र समकक्षता समेत नदिने निर्णय गरेको छ । यो निर्णयपछि मोर्डनमा अध्ययन गरेका विद्यार्थीको शैक्षिक प्रमाणपत्र समकक्षता नभएपछि प्लस टुको रजिष्टे«शन र परीक्षा फारम समेत भर्न पाएका छैनन् ।

परिषद्को परीक्षा फारम भर्ने अन्तिम मिति शुक्रबारसम्म थियो । अधिकांश विद्यार्थीले परिक्षा फारम भरे पनि मोर्डनमा अध्ययन गरेका विद्यार्थीले भर्न पाएनन् । फारम भर्न नपाएपछि विद्यार्थी र अभिभावक शुक्रबार पाठ्यक्रम, परिषद् र मन्त्रालयका अधिकारीहरुलाई आफ्नो पीडा सुनाउन सिंहदरवार पुगेका थिए ।

परिषद्ले बिलम्ब शुल्क लिएर फागुन १५ सम्म परीक्षा फारम भर्न सकिने सूचना सार्वजनिक गरेको छ ।

प्रकाशित मिति २०७२ माघ २९ गते

प्रतिक्रिया