Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

एसएलसी प्रश्नपत्रको छपाइ सुरु

शुक्रबार, २९ माघ २०७२

काठमाडौँ, २९ माघ । आगामी चैत १८ गतेदेखि सुरु हुने यस वर्षको एसएलसी परीक्षाकोे तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।  परीक्षा नियन्त्रक खगेन्द्र नेपालले परीक्षालाई आवश्यक पर्ने उत्तर पुस्तिका एवम् अन्य सामग्री जिल्लामा पठाई सकिएको बताए । 

उनका अनुसार यस वर्ष एसएलसी परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएका छन् र ती केन्द्रलाई आवश्यक पर्ने प्रश्नपत्र बाहेकका सबै सामग्री जिल्लामा पु¥याइएका छन् ।  कार्यालयले जनक शिक्षा सामग्री केन्द्र सानोठिमीस्थित सुरक्षित प्रेसमा एसएलसीको प्रश्नपत्रको छपाइसमेत सुरु गरेको छ । 

यस वर्ष परीक्षा दिने करिब ६ लाख १५ हजार विद्यार्थीका लागि आवश्यक पर्ने प्रश्नपत्र छपाइ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा भइरहेको छ ।  यस वर्षको प्रश्नपत्रमा पूर्णाङ्क र समय मात्रै उल्लेख हुने भएको छ । एसएलसीको नतिजा ग्रेडिङ सिस्टममा सार्वजनिक हुने भएकाले उत्तीर्णाङ्क उल्लेख नगरी प्रश्नपत्र छपाइ भएको कार्यालयले जनाएको छ ।

रासस 

 

प्रतिक्रिया