Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

एसएलसीको पहिलो दिन तराईका जिल्लामा अनियमितता

विहीबार, ०५ चैत्र २०७१

slc examको लागि तस्बिर परिणामभक्तपुर ५ चैत / विगतका बर्षमा जस्तै यस पटक पनि तुलनात्मक रुपमा तराईका जिल्लामा एसएलसी परीक्षामा अनियमितता फेला परेको छ । परीक्षाको पहिलो दिन सिराह, सप्तरी, धनुषा, सर्लाही र बारा जिल्लामा अनियमितता गरेको फेला परेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षामा कडाई गर्ने भन्दै आचार संहिता जारी गरिएपनि ९ जना निरिक्षक र ८६ विद्यार्थी निस्काशित भएका छन् ।

परीक्षाको मर्यादा विपरीत गरेको भन्दै उनीहरुलाई निस्काशित गरिएको कार्यालयले जनाएको छ । निस्काशित हुनेमा सप्तरीमा मात्रै ८४ जना विद्यार्थी छन् । त्यस्तै चार जना शिक्षक निस्काशित भएका छन् ।

कार्यालयका अनुसार सिराहाको कडरिया परीक्षा केन्द्रबाट रामप्रसाद पोखरेल, सरगमाथा केन्द्रबाट रामदेव साह,  जनता उच्च मावि केन्द्रका दिपेन्द्र कुमार साह र कल्याणपुर केन्द्रबाट रञ्जितकुमार यादव निस्काशित भएका छन् । सप्तरीमा पनि चार निरिक्षक निष्काशित भएका छन् । धनुषामा मिथिलेश्वर मौबाहि मावि परीक्षा केन्द्रका निरिक्षकको रुपमा खटिएका प्रदिपकुमार यादवलाई पनि निस्काशन गरेको छ ।

बाराको सन्नी एकाडेमीमा निजी स्रोतका शिक्षकलाई निरिक्षक राखेपछि शिक्षा कार्यालयले निस्काशन गरेको छ । स्थायी शिक्षक मात्रै निरिक्षक खटाउनु पर्नेमा विद्यालयले निजी स्रोतको शिक्षक गौरीशंकर साहलाई राखेपछि निष्काशन गरेको हो ।

सप्तरीको मोर्डन इङलिस बोडिङ स्कूल राजबिराज केन्द्रमा १७ जना,  रामदेवी उच्च मावि राजबिरान केन्द्रबाट १६ जना,  कल्यानपुर उच्च माविबाट ४ जना,  भगतपुर  उच्च मावि भगतपुर केन्द्रबाट १५ जना,  पब्लिक उच्च मावि राजबिराज केन्द्रबाट ४ जना  विद्यार्थी निष्काशित भएका छन् । सर्लाहीको हरीपुर र नवलपुरमा गरी २ जना विद्यार्थी निष्काशित  भएका छन् ।

प्रतिक्रिया