काठमाडौँ, २९ माघ । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले बिहिबारअमलेखगन्जस्थित नेपाली सेनाको प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयको निरीक्षण भ्रमण गरे । निरीक्षण भ्रमणका क्रममा रक्षामन्त्री रावललाई उक्त शिक्षालयका शिक्षा अधिकृत महासेनानी अशोकराज सिग्देल क्षत्रीले शिक्षालयको वर्तमान गतिविधिको सम्बन्धमा जानकारी गराएका थिए ।
त्यसैगरी रक्षामन्त्री रावलले हाल उक्त शिक्षालयमा तालिमरत स्वदेशी तथा विदेशी प्रशिक्षार्थी अधिकृतलाई तालिमको महत्वको विषयमा केन्द्रित रही सम्बोधन गरेका थिए । उक्त निरीक्षण भ्रमणमा मध्य पृतना हेड क्वाटरका सहायक पृतनापति सहायक रथी जितबहादुर गुरुङलगायत अन्य अधिकृतको सहभागिता रहेकोे थियो ।
रासस
प्रतिक्रिया