Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

सात महिना पछि परिषद्मा नियुक्ति

शुक्रबार, ०६ चैत्र २०७१

काठमाडौं ६ चैत / खाली भएको सात महिना पछि बल्ल सरकारले उच्च माध्यामिक शिक्षा परिषद्मा उपाध्यक्ष र सदस्य सचिवको नियुक्ति गरेको छ । बिहीबार बसेको मन्त्री परिषद् बैठकले उपाध्यक्षमा प्राध्यापक चैतन्य शर्मा र सदस्य सचिवमा परिषद्का निमित्त सदस्य सचिव नारायण कोइरालालाई नियुक्ति गरेको शिक्षा मन्त्री चित्रलेखा यादवले एडुखबरलाई जानकारी दिईन् ।

नियुक्तिको प्रकृयागत कुराले केही ढिलो भएपनि यसले परिषद्को काममा कुनै असर नगरेको मन्त्री यादवले दावी गरिन् । राजनीतिक नियुक्ति हुने परिषद्मा सत्तारुढ दुई ठूला दल काँग्रेस र एमालेका तर्फबाट पदाधिकारीको चयन गरिएको हो । शर्मा एमाले निकट मान्छिन् ।  कोइरालालाई परिषद्मै रहेका काँग्रेस निकट कर्मचारीले शँका गरे पनि उनलाई मन्त्री यादवको दवावमा काँग्रेसले कोटामा पारेको श्रोतले जनाएको छ ।

असोज ११ गतेबाट खाली भएको परिषद्का उपाध्यक्ष र सदस्य सचिवको पदमा  विभिन्न ब्यक्तिहरुका बारेमा अड्कल र लविङ् जारी थियो । परिषद्मा भएको खिचातानीका बारेमा एडुखबरमा प्रकाशित यो खबर पनि पढ्नुहोस् आफ्ना मान्छेको खोजिले परिषद्मा विजोग !

पदाधिकारी नियुक्तिको चलखेलले ११ को नतिजा प्रकाशनमा ढिलाई

प्रतिक्रिया