Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

अनेरास्ववियुको सम्मेलन आजदेखि शुरु

बुधबार, २७ माघ २०७२

काठमाडौँ, २८ माघ । बुधबारबाट शुरु हुने भनिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२ औँ राष्ट्रिय सम्मेलन एक दिन ढिला गरी बिहीबारबाट शुरु भएको छ । 

पूर्वप्रधानमन्त्री शुशिल कोइरालाको निधनका कारण अनेरास्ववियुको सम्मेलन एक दिन पर सरेको हो । राजधानीको भृकुटीमण्डपमा बिहीबार प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेपछि सम्मेलन शुरु हुने छ । 

अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेका अनुसार सम्मेलनको तयारी पूरा भए पनि मङ्गलबार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधन भएपछि सम्मेलनलाई एक दिन पर सारिएको हो । 

यही माघ २७ गतेदेखि २९ गतेसम्म सम्मेलनको पुर्व निर्धारित कार्यक्रम भएपनि अब माघ २८ गतेदेखि फागुन १ गतेसम्म सम्मेलन जारी रहने छ ।   ‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्रनिर्माणको आधार ः सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने मूल नारा रहेको सम्मेलनमा अध्यक्षमा वर्तमान महासचिव नवीना लामा र उपाध्यक्ष दीपक गौतम चुनावी प्यानल बनाएर अध्यक्षका लागी प्रतिस्पर्धी उत्रिएका छन् ।  

सम्मेलनमा भागलिन देशभरबाट एक हजार ५०० प्रतिनिधि काठमाडौँमा आइपुगेको प्रवक्ता लामिछानेले जानकारी दिए । 

रासस 

 

प्रतिक्रिया