Edukhabar
शुक्रबार, १६ फागुन २०८१
खबर/फिचर

एसएलसीको प्रश्नपत्रमा 'पासमार्क' नहुने

बुधबार, २७ माघ २०७२

भक्तपुर - परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसीको लागि प्रश्न पत्र छाप्न सुरु गरेको छ ।

परीक्षा नियन्त्रक खगेन्द्र नेपाल सहितको गोप्य शाखामा काम गर्ने कर्मचारीको टोली सोमबार प्रश्न छपाईमा छिरेका हुन् । प्रश्नपत्र सानोठिमी स्थित जनक शिक्षा सामाग्री केन्द्रको सुरक्षित प्रेसमा छपाई सुरु भएको छ । ६ लाख १५ हजार भन्दा बढी विद्यार्थीका लागि आवश्यक पर्ने प्रश्नपत्र छपाई सक्न तीन साता लाग्ने अनुमान गरिएको छ ।

सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेर प्रश्न पत्र छपाई भइरहेको छ । छपाई भएको प्रश्न पत्रको जिल्ला र केन्द्रगत रुपमा प्याकिङ भएर बाहिर पठाइन्छ ।

यस वर्षको प्रश्नपत्रमा पूर्णाङ्क र समय मात्रै उल्लेख हुन्छ । यसवर्ष ग्रेडिङमा नतिजा प्रकाशन हुने भएकोले पासमार्क उल्लेख नहुने पनिकाले जनाएको छ । विगतमा पासमार्क उल्लेख हुन्थ्यो । यसवर्ष नौवटा तहमा विभाजन गरी नतिजा प्रकाशन गर्ने पाठ्यक्रम विकास केन्द्रले निर्णय गरिसकेको छ । त्यस अनुसार पनिकाले पनि त्यही अनुसार प्रश्न छाप्न सुरु गरेको हो ।

यसवर्ष ९० देखि १०० सम्म प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० प्रतिशत ल्याउनेलाई ए, ७० देखि ८० प्रतिशत ल्याउनेलाई बी प्लस, ६० देखि ७० प्रतिशत ल्याउनेलाई बी, ५० देखि ६० लाई सी प्लस, ४० देखि ५० प्रतिशतलाई सी, २० देखि ४० प्रतिशतलाई डी को समूहमा राखेको छ । एक देखि २० प्रतिशत ल्याउनेलाई ई समूहमा राखेको छ ।

डी र ई समूहमा पर्ने विद्यार्थीले आफ्नो क्षमता सुधार गर्न मौका परीक्षा दिन पाउने व्यवस्था समेत गरिएको छ ।

पो पनि पढ्नुहोस्

एसएलसी सकेकै दिन थाह हुन्छ, गल्ति भए नभएको

प्रकाशित मिति २०७२ माघ २७ गते

प्रतिक्रिया