Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

शिक्षाविद् नेगीलाई कल्याण स्मृति सम्मान हस्तान्तरण

मंगलबार, २६ माघ २०७२

पोखरा, २६ माघ । यस वर्षको कल्याण शेरचन स्मृति सम्मान २०७२ बाट शिक्षाविद् बलवीरसिंह नेगी सम्मानित भएका छन् ।  कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा कल्याण शेरचनको पाँचौँ स्मृति दिवसका अवसरमा उनलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याएको भन्दै सो सम्मान गरिएको हो । 

शिक्षाविद् नेगी अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि उनका छोरा सन्दीप नेगीमार्फत रु २५ हजार एक नगदसहित ताम्रपत्र र दोसल्ला हस्तान्तरण गरिएको हो ।  कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् चलचित्रकर्मी चेतन कार्कीले समाजका परिवर्तनका लागि शिक्षाको महत्वपूर्ण भूमिका रहने बताए ।  

प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर गुरुङ (ह्योल्मो)ले अध्यापन क्षेत्रमा ५६ वर्ष क्रियाशील रही नेपालमा शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याएका कारण नेगीलाई सम्मान गरिएको बताए ।  प्रतिष्ठानले घान्द्रुक गाविस–१ स्थित फुम्रोखुँ बराह माविको भवन भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएपछि त्यहाँ भूकम्प प्रतिरोधी छात्रछात्राका लागि दुई छुट्टाछुट्टै शौचालयसहित तीन कोठे भवन निर्माण गरी हस्तान्तरण गरेको छ । नवनिर्मित भवनको लागत रु १८ लाख ८५ हजार रहेको छ । 

उक्त भवन निर्माणका लागि तीन लाख २० हजार बराबरको श्रमदानसमेत भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोरणबहादुर क्षेत्रीले जानकारी दिए । विद्यालयमा हाल १६० विद्यार्थी रहेकामा करिब ९० प्रतिशत दलित विद्यार्थी अध्ययनरत छन् । जिल्ला विकास समितिको सहयोगमा रु ११ लाखको तीनकोठे पक्की भवन निर्माण सम्पन्न भइसकेको र जर्मन इभी समाजको रु नौ लाख सहयोगमा ट्रस्टसहित दुई कोठे भवन निर्माण सम्पन्न भइसकेको प्रधानाध्यापक दीपक क्षेत्रीले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक क्षेत्रीका अनुसार जिल्ला शिक्षा कार्यालयको रु ६४ लाखको लागतमा सोही विद्यालयमा दुई तलाको आठ कोठे भवनको निर्माण पनि सुरु गरिएको छ । 

रासस 

 

प्रतिक्रिया