Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

एसएलसीको तेश्रो दिन : १ केन्द्राध्यक्ष १३ निरिक्षक निष्काशित

आइतबार, ०८ चैत्र २०७१

slc examको लागि तस्बिर परिणामकाठमाडौं ८ चैत / एसलसीको तेस्रो दिन १ केन्द्राध्यक्ष १३ निरिक्षक, ३ कार्यालय सहयोगी , १ सय ९५ जना विद्यार्थी र २ नक्कली परीक्षार्थी निष्काशित भएका छन् । सर्लाहीको सारनाथ मावि भक्तिपुर परीक्षा केन्द्रका केन्द्राध्यक्ष महेन्द्र यादव निष्काशित भएका हुन् । परीक्षाको मर्यादा विपरित काम गरेको फेला परेपछि निष्काशन गरेको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले एडुखबरलाई बताए ।

सोहि केन्द्रका २ जना निरिक्षक पनि निष्काशन भएका छन् । बमबहादुर कटुवाल र शिवनारायण राउत निष्काशित भएको उनले बताए ।
सिराहको सारस्वत उमावि परीक्षा केन्द्रबाट २ निरिक्षक अभय चन्द्र शाह र विरेन्द्र चौधरीलाई  निष्काशन गरिएको छ । रौतहतको खेसरीया उमाविका निरिक्षक सुनिल कुमार यादव र उमावि गरुडाका रामकुमार पटेल र सोहि केन्द्रका अर्जुन यादवलाई निष्काशन गरिएको उनले बताए ।

बाराको नेरा उमाविका कमल चौलागाई र खुल प्रसाद गौतमलाई निष्काशन गरिएको छ । जाजरकोटको विरेन्द्र ऐश्वर्य मावि लिंसाका २ जना निरिक्षक र ३ जना कार्यालय सहयोगीलाई निष्काशन गरिएके छ ।

कालिकोटको बालमन्दिर केन्द्रबाट एक जना निरिक्षक र सुनसरीमा १ जना निरिक्षक निष्काशित भएका छन् । यसैगरी सप्तरीको विभिन्न केन्द्रबाट १ सय ९४ जना र सुनसरीबाट १ जना विद्यार्थीलाई निष्काशन गरिएको छ ।

सप्तरीको भगवतीपुर केन्द्रबाट १ जना र काठमाण्डौंको महेन्द्र मावि बालुवाटारबाट १ जना नक्कली विद्यार्थी पक्राउ परेका छन् ।

प्रतिक्रिया