Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

'एसएसडिपी'का बारेमा बृहत छलफल सम्पन्न

आइतबार, २४ माघ २०७२

काठमाडौँ, माघ २४ । सरकारले आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउन लागेको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ (एसएसडिपी) का बारेमा बृह्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  राजधानीको थापाथलीस्थित टे«ड टावरमा भएको कार्यक्रममा शिक्षा मन्त्रालय, विभिन्न क्षेत्रका शैक्षिक संघ संस्थाको सहभागिता रहेको थियो । 

शिक्षा मन्त्रालय, शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल (एनसिई) र एआइएन को आयोजनामा भएको कार्यक्रममा मन्त्रालयका अधिकारी, शिक्षाविद लगायतका विभिन्न सरोकारवालाहरु विविध समूहमा विभाजन भई एसएसडिपीका बारेमा छलफल भएको थियो । 

कार्यक्रममा बोल्दै शिक्षा विभागका महानिर्देशक खगराज बरालले एसएसडिपी लागू गर्नैपर्ने बताए ।  ‘कार्यक्रम नगरी शिक्षामा सुधार हुदैन्’ उनले भने ‘सुधारका लागी एसएसडिपी ल्याइएको हो र यसलाई लागु गर्नुपर्छ ।’

यस्तै कार्यक्रममा शिक्षाविद डा. मनप्रसाद वाग्लेले एसएसडिपीलाई लागु गर्दैमा सबथोक नहुने भन्दै यसलाई प्रभावकारी बनाउन सबैको भूमिकालाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।  ‘यो लागु गर्दैमा सबथोक हुदैन् । अहिलेका कमजोरी के छन् ? त्यसलाई सच्याएर जानुपर्छ । सच्याउनलाई सबैले आफ्ना कमजोरीलाई ख्याल गरी त्यसलाई घटाउनतिर लागौँ।’

एसएसडिपीमा नसमेटिएका ईसिडी, बजेट र गुणस्तरका बारेमा पनि थप छलफल गर्नुपर्नेमा उनले जोड दिए ।  कार्यक्रममा विभिन्न समूहमा विभाजित भएर प्रस्तुत गरिएको कार्ययोजनालाई सारांशमा एकत्रित गरी तयारी पारिएको प्रतिवेदन शिक्षा मन्त्रालयलाई बुझाउने एआइएनका हेम लम्सालले बताए । 

 

प्रतिक्रिया