Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

आइतबार, २४ माघ २०७२

काठमाडौँ, २४ माघ । सुदूरपश्चिम विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा एकलौटी निर्णय गरिएको भन्दै तालाबन्दी गरिएको छ ।  शुक्रबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले विश्वविद्यालयमा तालाबन्दी गरेको हो । 

विश्वविद्यालयका सबै प्राध्यापक सङ्घ र विद्यार्थी सङ्गठनसँग छलफलनै नगरी एकलौटी रुपमा प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) लगायतले भागबन्डाका आधारमा डिन, रजिस्ट्रार र परीक्षा नियन्त्रक नियुक्त गरेकाले त्यसको विरोधमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य वीरेन्द्र शाहले बताए ।

रासस 

 

प्रतिक्रिया