Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

परिषद्का उपाध्यक्ष र सदस्य सचिवद्धारा पदवहाली

सोमबार, ०९ चैत्र २०७१

भक्तपुर ९ चैत / विद्यार्थीको हित, संस्थाको सुदृढिकरण र कर्मचारकिो आत्मबल बलियो बनाउने प्रतिबद्धता ब्यक्त गर्दै उच्च माध्यामिक शिक्षा परिषद्का नवनियुक्त उपाध्यक्ष र सदस्य सचिवले पदवहाली गरेका छन् । उपाध्यक्ष चैतन्य शर्मा र सदस्य सचिव नारायण कोइरालाले सोमबार पदबहाली गरेका हुन् । गत बिहीबारको मन्त्री परिषद् बैठकले परिषद्मा नियुक्ति गरेको थियो । सात महिना पछि परिषद्मा नियुक्ति

पदबहाली पछि एडुखबरसँग कुरा गर्दै उपाध्यक्ष शर्माले विद्यार्थीको हितलाई केन्द्रमा राखेर संस्थाको पारदर्शिता र कार्य सम्पादनलाई चुस्त बनाउने बताए । उपाध्यक्षमा नियुक्त भएपछि एडुखबरसँग कुरा गर्दै शर्माले संस्थागत मर्यादालाई उच्च प्राथमिकतामा राख्ने बताएका थिए । उनीसंगको विस्तृत अन्र्तवार्ता पढ्नुहोस् बर्षौ सम्म अस्थायी रुपमा संस्था चल्नु राम्रो हैन : शर्मा

पदबहाली पछि एडुखबरसँग कुरा गर्दै सदस्य सचिव कोइरालाले गुणस्तरीय शिक्षा प्रदान गर्नु, समयमै परीक्षाफल प्रकाशन गर्नु, संस्थालाई पद्धतीमा सञ्चालन गर्नु मुख्य ध्यान हुने बताए । ‘संस्थाको कृयाकलापलाई चुस्त बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले त्यस तर्फ ध्यान दिनु मेरो ध्येय हुने छ’ उनले भने, ‘कर्मचारीको आत्मबल बलियो बनाउन उनीहरुको सामाजिक सुरक्षा महत्वपूर्ण पक्ष हो त्यस तर्फ म कृयाशिल हुने छु ।’  

प्रतिक्रिया