Edukhabar
आइतबार, ०९ मंसिर २०८१
खबर/फिचर

हचुवामा सोधियो एसएलसीमा प्रश्न (प्रश्नपत्र सहित)

मंगलबार, १० चैत्र २०७१

काठमाडौं १० चैत / एसएलसी परीक्षा अन्र्तगत मंगलबार सञ्चालित सामाजिक विषयको परीक्षामा सोधिएको संयीयता लगायतका राजनीतिक प्रश्न पाठ्यक्रममा आधारित नभई हचुवाको भरमा तयार गरिएको भन्दै शिक्षाविद् र विषय शिक्षकले आपत्ति जनाएका छन् । पाठ्यक्रममै नभएको संघीयताको विषयलाई प्रश्न बनाएर विद्यार्थीलाई तनाव दिईएको उनीहरुको आरोप छ । प्रश्न नम्बर १ मा ‘सङ्घीयता मौलिक र देश सुहाउँदो हुनु पर्दछ भनिन्छ किन ?’ भनेर सोधिएको छ ।

प्रचलनमा रहेको पाठ्यक्रम र ग्रिडमा संघीयताको बारेमा कुनै उल्लेख छैन । हेर्नुहोस्

पाठ्यक्रम र ग्रिडमै नभएको प्रश्न सोधेर विद्यार्थीलाई प्रेसर दिईएको परीक्षा सुधार सम्बन्धि अध्ययन गरिरहेका शिक्षाविद् प्रा. टंकनाथ शर्माले बताए । ‘यो एक प्रकारको डिजास्टर हो, जे पायो त्यहि सोधेर विद्यार्थीलाई आतंकित बनाउने काम भएको छ’ उनले भने, ‘देशका लागि आवश्यक हो भने त्यहि अनुसारको पाठ्यक्रम बनाउनु पर्यो विद्यार्थीलाई तर्साउने काम गर्नु भएन ।’
नमूना मच्छिन्द्र मावि ललितपुरका सामाजिक शिक्षक विनोद ढुङ्गाना पनि पाठ्यक्रम भन्दा विल्कुल फरक प्रश्न सोधेर विद्यार्थीलाई दवाव दिएको बताउँछन् । ‘यसरी प्रश्न सोध्ने हो भने मेथोडोलोजि परिवर्तन गर्नु पर्छ, पाठलाई केन्द्रमा राखेर हेर्ने हो भने यो विल्कुल फरक प्रश्न सोधियो’ उनले भने, ‘विद्यार्थीलाई दवाव सृजना भएको महशुस गरेका छौं ।’
तर, परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारे कितावको भरमा पढाउने र घोकन्ते शिक्षाका पछि लाग्नेहरुले विरोध जनाएको दावी गर्छन् । पाठ्यक्रम र ग्रिडकै आधारमा प्रश्न आएको उनको दावी छ । ‘सामाजिक विषय भनेको राजनीतिक, सामाजिक, भौगोलिक आदी विषयमा केन्द्रित विषय हो, त्यसैले समाजलाई प्रभाव पार्ने विषयमा प्रश्न तयार पारिएको छ’, उनले भने, ‘समाजको विश्लेषण गर्नु पर्ने विषय भएकोले यस्ता प्रश्न सामान्य हुन्छन् ।’

 

 

 

 

 

 

 

 

 

 

 

प्रश्न हेर्नुहोस्

 

 

 



 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सामाजिक सञ्जालमा ब्यापक विरोध

कक्षा १० पढ्ने विद्यार्थीको उमेर समूह र उनीहरुको क्षमता भन्दा निकै माथिल्लो स्तरको प्रश्न सोधिएको भन्दै उक्त प्रश्न प्रति सामाजिक सञ्जालमा ब्यापक विरोध भईरहेको छ ।

प्रश्न नम्बर १९ मा २०३६ सालको विद्यार्थी आन्दोलनका तत्कालिन विद्यार्थी नेतालाई भेटेर उनको विचारका आधारमा आन्दोलनका कारण र त्यसको परिणाम समेटी समाचारको नमूना लेख्न भनिएको छ । यस्तै २५ मा वि. सं २००७ साल देखि २०१७ साल सम्म राजनैतिक अस्थिरता थियो भनि कसरी पुष्टि गर्न सकिन्छ ? पाँच वटा बुँदामा लेख्न भनिएको छ ।
सामाजिक सञ्जाल मार्फत प्रश्नको विरोध गर्नेहरुले  विद्यार्थीमाथि जबर्जस्ती राजनीति थोपर्न खोजिएको आरोप लगाएका छन् । उमेर समूह अनुसार सृजनशिलता ख्याल गर्नुको साटो विद्यार्थीलाई अनाबश्यक दवाव थोपरीएको उनीहरुको आरोप छ ।

एसएलसीको प्रश्न गेस पेपरसंग मिल्दो जुल्दो 

एसएलसी परीक्षा अन्र्तगत मंगलबार सञ्चालित सामाजिक विषयको परीक्षामा सोधिएको प्रश्न  गेस पेपरसंग मिल्दो जुल्दो फेला परेको छ । प्रश्न नम्बर २५ मा सोधिएको ‘२००७ देखि २०१७ सालसम्ममा प्राप्त सामाजिक आर्थिक उपलब्धि र असरका बारेमा दुई दुई बुँदामा चर्चा गर्नुहोस्’  भन्ने प्रश्न गेस पेपरसंग मेल खान्छ ।
सरकारले गेस पेपर प्रतिबन्ध लगाए पनि प्रश्नपत्र नै गेस पेपरसंग मेल खाएको फेला परेको हो । नारायण बाबु तिमिल्सिनाले लेखेको गेसपेपरमा रहेको प्रश्न र परीक्षामा सोधिएको प्रश्न एउटै छ ।

गेसपेपरका भएको प्रश्न

 

 

प्रतिक्रिया