Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

शैक्षिक योग्यता परीक्षणपछि मात्रै रोजगारी !

आइतबार, १७ माघ २०७२

काठमाडौँ, १७ माघ । कुनै तहको अध्ययन सकेपछि रोजगारीमा जानुअघि हरेक व्यक्तिले सरकारले सञ्चालन गर्ने शैक्षिक योग्यता प्रमाणिकरणसम्बन्धी परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ ।

राष्ट्रसेवक कर्मचारीलाई प्रतिस्पर्धी र सेवालाई प्रभावकारी बनाउन शिक्षा मन्त्रालयले यस्तो प्रणाली विकास गर्न लागेको छ ।  यस्तो प्रणालीको विकास गरिएपछि कर्मचारीले दिने सेवा स्तरीय हुने विश्वास मन्त्रालयले लिएको छ । 

शैक्षिक योग्यता प्रमाणीकरणका लागि शिक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय परीक्षा प्रणालीको विकास गर्नुपर्ने प्रस्तावसहितको योजना मन्त्रालयले तयार गरेको छ ।

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया