Edukhabar
मंगलबार, ०८ असोज २०८१
जिव्रो

शिक्षकलाई गाली गरेर मात्र विद्यालय राम्रो हुन्न

शुक्रबार, ०८ माघ २०७२
Bharat Raj Dahal

यस्तो हुन्छ राम्रा विद्यालय

१. नेतृत्व ( प्र.अ.) दूरदर्शी( visionary), निष्पक्ष र विवेकी हुन्छन् ।

२. समय परिपालनामा शिक्षक, विद्यार्थी र प्र.अ.ले विशेष ध्यान दिएका हुन्छन् ।

३. नियमित रूपमा विषयगत पठनपाठन हुने गर्छ ।

४.राम्राे नतिजाका लागि प्र.अ., शिक्षक र विद्यार्थी दत्तचित्त भएर लागेका हुन्छन् ।

५.प्रत्येक त्रैमासिक र वार्षिक परीक्षापछि नतिजा विश्लेषण र पृष्ठपाेषण लिनेदिने कार्य हुन्छ ।

६. वि.व्य.स.काे भूमिका अत्यन्तै सहयाेगी हुन्छ ।

७.प्रत्येक विद्यार्थीकाे पठनपाठन र अानीबानिका बारेमा नियमित साेधखाेज भर्इरहन्छ ।

८.कार्यसम्पादन र नतिजाका अाधारमा प्राेत्साहन पुरस्कारकाे व्यवस्था हुन्छ ।

९.विद्यालयमा समूहकार्य (Teamwork) ले उच्च प्राथमिकता पाएकाे हुन्छ ।

१०. सबै शिक्षकहरूले नतिजा सुधारकाे लक्ष्यसहित याेजना बनाइ स्वीकृत गराएका हुन्छन् ।

११. प्रत्येक स्टाफलार्इ केहीनकेही जिम्मेवारी दिएकाे हुन्छ ।

१२. अाअाफ्नाे कर्तव्य निर्वाहमा कुनै संझाैता हुदैन ।

१३.विद्यालयहाताभित्र कुनै राजनैतिक क्रियाकलाप हुदैन ।

१४.सबै स्टाफप्रति समान व्यवहार हुन्छ । विचारका अाधारमा कुनै भेदभाव हुंदैन ।

१५.विषयगतरूपमा माथिल्लाे र तल्लाे तहका शिक्षकबिच विषयगतरूपमा sharing culture हुन्छ ।

१६.विद्यालयमा अावश्यकताअनुसार अतिरिक्त र सहकार्यकलाप अायाेजना हुने गर्छ ।

१७. मासिकरूपमा अनिवार्य र अावश्यकतानुसार स्टाफ मिटिङ हुने गर्छ

१८. कक्षागत रूपमा नियमित अभिभावक सम्पर्क हुने गर्छ ।

१९.विषयगत पाठ्यपुस्तक, निर्देशिका, पाठ्यक्रम र थप सन्दर्भ सामग्री नियमित रूपमा प्रयाेग हुन्छन् ।

२०.सबैप्रति सम्मानजनक व्यवहार र विश्वास गर्ने गरिन्छ ।

(सामाजिक सञ्जालबाट साभार)

प्रतिक्रिया