Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

२५ विद्यार्थीलाई जगदम्बाको छात्रवृत्ति

मंगलबार, ०५ माघ २०७२

काठमाडौँ, ५ पुस ।  आफ्नो बृहत् संजालमार्फत नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको जगदम्बा सिमेन्टले २५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। 

हिमालयन क्लाइमेट इनिसिएटिभको सहकार्यमा जगदम्बाले दोलाखा जिल्लाको चरिकोटमा २५ विद्यार्थीलाई सद्भाव छात्रवृत्ति प्रदान गरेको हो। छात्रवृत्ति अन्तर्गत जगदम्बा सिमेन्टले यसअघि त्रिशुली, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा ७५ भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिसकेको छ। यस पटकको छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम दोलखाको कालिञ्चोक माविमा भएको थियो।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीले छात्रवृत्तिले पार्ने प्रभावबारे चर्चा गरेका थिए। जगदम्बा सिमेन्टका ब्राण्ड म्यानेजर जगन्नाथ दाहालले सद्भाव छात्रवृतिले विद्यार्थीमा उत्साह प्रदान गरेको हुँदा यस्ता छात्रवृति तथा अन्य सामाजिक कार्यक्रम गर्दै जान प्रेरित भएको उल्लेख गरे ।

जगदम्बा सिमेन्टले आफूलाई व्यवसायमा मात्र सीमित नराखी समाजप्रति पनि उत्तरदाही रहँदै खेलकुद, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुमा विभिन्न समाजिक कार्यहरु गर्दै आएको छ।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया