Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

शिक्षक आयोगमा दर्खास्त दिने परीक्षा हुने स्थान (विवरण सहित)

मंगलबार, २४ चैत्र २०७१

काठमाडौं २४ चैत/शिक्षक सेवा आयोगले मंगलबार ३ हजार २ सय शिक्षकको विज्ञापन गरेको छ । यसवर्षदेखि क्षेत्रीय रुपमा दरर्खास्त दिनु पर्ने हुन्छ । विगतमा जुन जिल्लामा जागिरको आवेदन दिएको हो ? त्यही परीक्ष हुन्थ्यो । तर, यसपाली अलि फरक छ ।

आफू कुन जिल्लामा जागिरको लागि आवेदन दिने भन्ने नभई क्षेत्रीय तहमा आवेदन दिनुपर्ने हुन्छ । जस्तो बिगतमा काठमाडौंमा अंग्रेजी बिषयका लागि आवेदन दिदा परीक्षा उतिर्ण भएपछि त्यही जिल्लाको विद्यालय रोज्न पाइन्थ्यो । यसपाली एउटा क्षेत्रमा कुन बिषयको शिक्षकको लागि आवेदन दिने हो ? त्यही अनुसार छनौट हुन्छ । नयॉ व्यवस्थाले आवेदन दिन चाहनेहरु अन्यौलमा परेको हुन सक्छ । आवेदन कहॉ दिने ? परीक्षा कहा हुन्छ ? सम्पूर्ण विवरण : 

दरखास्त दिने स्थान र परीक्षमा सम्मिलित हुने जिल्ला

पूर्वाञ्चलका लागि

१. त्रियुगा उमावि उदयपुर 

परीक्षमा सम्मिलित हुने जिल्ला–उदयपुर

२. शैक्षिक तालिम केन्द्र (आदर्श उमावि) मोरङ

३. त्रिवेणी उमावि धनकुटा

परीक्षामा सम्मिलित हुने जिल्ला–उदयपुर

४. शैक्षिक तालिम केन्द्र (आदर्श मावि) इलाम 

परीक्षामा सम्मिलित हुने जिल्ला– इलाम

मध्यमाञ्चलका लागि

दरखास्त दिने स्थान परीक्षा दिने जिल्ला

१. सिद्धार्थ उ.मा.वि., हेटौंडा, मकवानपुर एडुखबर 

२. भुटनदेवी उ.मा.वि., हेटौंडा, मकवानपुर

परीक्षामा सम्मिलित हुने जिल्ला– मकवानपुर 

३. शै.ता.के. (विश्वनिकेतन उ.मा.वि., त्रिपुरेश्वर)

४. पद्मकन्या उ.मा.वि., डिल्लीबजार

५. शैक्षिक तालिम केन्द्र, धुलिखेल, काभ्रेपलाञ्चोक

परीक्षामा सम्मिलित हुने जिल्ला– काठमाडौं

पश्चिमाञ्चलका लागि

दरखास्त दिने स्थान परीक्षा दिने जिल्ला

१. कालिका उमावि, बुटवल, रुपन्देही

२. कान्ति उमावि बुटवल, रुपन्देही *

परीक्षामा सम्मिलित हुने जिल्ला–रुपन्देही

३. पार्दी उमावि, पोखरा, कास्की

४. जनप्रिय उमावि, पोखरा, कास्की

५. राम निमावि, पोखरा, कास्की

परीक्षामा सम्मिलित हुने जिल्ला–कास्की

मध्यपश्चिमाञ्चलका लागि

दरखास्त दिने स्थान परीक्षा दिने जिल्ला

१. शैक्षिक तालिम केन्द्र, दाङ्ग 

परीक्षामा सम्मिलित हुने जिल्ला–दाङ्ग

२. शैक्षिक तालिम केन्द्र, बाँके

३. जिल्ला शिक्षा कार्यालय, डोल्पा

४. जिल्ला शिक्षा कार्यालय, हुम्ला

५ जिल्ला शिक्षा कार्यालय, जुम्ला

परीक्षामा सम्मिलित हुने जिल्ला– बाँके

६.क्षेत्रीय शिक्षा निर्देशनालय, मध्यपश्मिाञ्चल, सुर्खेत 

परीक्षामा सम्मिलित हुने जिल्ला–सुर्खेत

 

सुदूरपश्चिमाञ्चलका लागि

दरखास्त दिने स्थान परीक्षा दिने जिल्ला

१. क्षेत्रीय शिक्षा निर्देशनालय, सुदूरपश्चिमाञ्चल, दिपायल

२. अगुवा स्रोतकेन्द्र (महेन्द्र उमावि), डडेल्धुरा

परीक्षामा सम्मिलित हुने जिल्ला–डडेल्धुरा

३. शैक्षिक तालिम केन्द्र (पञ्चोदय उमावि), धनगढी 

परीक्षामा सम्मिलित हुने जिल्ला–कैलाली

* शिक्षक सेवा आयोगले पहिले प्रकाशित गरेको सूचनामा मानवज्ञान मावि बुटवल रुपन्देही उल्लेख भए पनि पछि त्यसको साटो कान्ति उमावि बुटवल, रुपन्देही कायम गरेको हुँदा सच्याईएको – स.

 

प्रतिक्रिया