Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

सेतुलीमाया शाक्य स्मृति वृत्ति सहारा एकेडेमीलाई

आइतबार, ०३ माघ २०७२

काठमाडौँ, ३ माघ । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराले सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मान यस वर्ष सहारा एकेडेमीलाई दिने भएको छ । 

प्रतिष्ठानले प्रत्येक दुई दुई वर्षमा प्रदान गर्ने रु एक लाख राशिको उक्त सम्मान सहारा क्लब पोखराद्वारा सञ्चालित सो एकेडेमीलाई दिने निर्णय गरेको शनिबार बसेको साधारणसभाले सार्वजनिक गरेको हो । 

विसं २०५५ सालमा स्थापना भई गरिब, असहाय तथा कठिन अवस्थाका बालबालिकालाई एकेडेमीमा संरक्षण दिएर उनीहरुको शिक्षा, स्वास्थ्य र खेलकुद प्रशिक्षणको व्यवस्था गरी समाजमा उदाहरणीय बनेकाले संस्थालाई सो सम्मान गर्न लागिएको समितिका अध्यक्ष नारायण कार्कीले जानकारी दिए । 

एकेडेमीमा हाल मुलुकका १२ जिल्लाका २६ बालबालिका छन् । राष्ट्रिय फुटबल टिमका क्याप्टेन अनिल गुरुङ सहारा एकेडेमीकै बालक हुन् । आमा सेतुलीमायाको निधनपछि उहाँका कान्छा छोरा विश्वरत्नले खडा गर्नुभएको प्रतिष्ठानको अक्षयकोषको राशि हाल रु १६ लाख पुगेको छ । 

सेतुलीमायाको सातौँ वार्षिकीको अवसरमा यही माघ ७ गते सो सम्मान दिइने छ । 

रासस

प्रतिक्रिया