Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

तीन दिनदेखि चार विद्यार्थी बेपत्ता !

शनिबार, ०२ माघ २०७२

काठमाडौँ, २ माघ । पर्वत फेलवासका चारजना विद्यार्थी तीन दिनदेखि बेपत्ता छन् । सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा ९ मा अध्ययनरत कुश्मा नगरपालिका–१० का १४ वर्षीय अभिषेक शर्मा, सोही स्थानका १५ वर्षीय देवेन्द्र सार्की, कुश्मा नगरपालिका–८ का १४ वर्षीय कृष्णप्रसाद श्रेष्ठ र सोही ठाउँका १४ वर्षीय सुनिल जिसी सम्पर्कबिहीन भएका हुन् ।

बुधबार बिहान विद्यालयमा ट्युसन पढ्न जाने भन्दै हिँडेका उनीहरु राति अबेरसम्म पनि घर नफर्किएपछि चारै जनाको खोजि भइरहेको छ । उनीहरु विद्यालयमा पुगेको र त्यो दिन ट्युसन पढाइ नभएपछि एक्कासि सम्पर्कविहीन भएका वेपत्ता विद्यार्थीका आफन्तले बताएका छन् । 

बाआमाले खोजविनका लागि जिल्ला प्रहरी कार्यालयलाई निवेदन दिएका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । 'वेपत्ता विद्यार्थीको नाम, ठेगाना र हुलियासहित खोजतलास जारी राखेका छौँ,' उनले भने । खोजीका लागि विभिन्न जिल्ला हुँदै सुनौली नाकासम्म पुगेको अभिषेक शर्माकी आमा अमृताले बताए ।

रासस

प्रतिक्रिया