Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

कालीकोटमा पहिलो सामुदायिक पुस्तकालय !

शनिबार, ०२ माघ २०७२

कालीकोट, २ माघ । यस जिल्लामा पहिलो पटक सामुदायिक पुस्तकालयको स्थापना हुने भएको छ ।  मान्ममा साहित्यकारले पहिलो पटक पुस्तकालय गर्न लागेका हुन् । जिल्लामा साहित्य तथा कला क्षेत्रमा काम गर्दै आएको कला नेपालले पुस्तकमार्फत ज्ञान सिप बाँड्न पुस्तकालयको स्थापना गर्न लागेको कला नेपालका अध्यक्ष एवम् साहित्यकार कृष्णराज धमालाले बताए । 

उनका अनुसार जिल्लाभित्र तथा बाहिरबाट ५०० पुस्तक सङ्कलन गरी सदरमुकाममा जम्मा पारिएको छ ।  उहाँले अगाडि भने – “सिङ्गो कर्णाली र खस भाषाको थलोको रुपमा चिनिएको संस्कृति रक्षाका लागि पनि अध्ययनको खाँचो छ ।” 

जिल्लामा क्रियाशील साहित्यकार र अन्य निकायबाट पुस्तक सङ्कलन गरिएको हो । नवलपरासीलगायतका ठाउँबाट पनि पुस्तकका लागि हातेमालो गर्ने योजना बनाइएको छ ।  पुस्तकालयमा कृषि, राजनीति, दर्शन, मनोरञ्जनलगायतका विधासम्बन्धी किताब राखिने छ । विभिन्न निकायसँग समन्वय गरी माघ महिनाभित्र पुस्तकालय सञ्चालनमा ल्याइने साहित्यकार दुर्गा काफ्लेले बताएका छन् ।

रासस 

 

प्रतिक्रिया