Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

घर परिवार लगत संकलनमा शिक्षक खटाईने

शुक्रबार, ०१ माघ २०७२

भक्तपुर - भूकम्प प्रभावित १४ मध्ये ११ जिल्लाका शिक्षकलाई घर परिवार लगत संकलनको काममा खटाईने भएको छ । भूकम्प प्रभावित जिल्लामा आवास पुन निर्माणका  लागि घर परिवार लगत संकलनको काम केन्द्रिय तथ्याङ्क विभागले गर्दै छ । विभागको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त लगत संकलनको काममा स्थानीय शिक्षक परिचालन गर्न लागिएको हो । 

जिल्ला स्तरमा खटिने तथ्याङ्क संकलकलाई सहयोग गर्न हरेक टिममा सामाजिक परिचालक वा प्राविधिक सहायक परिचालन गर्ने योजना छ । नपुग भएमा शिक्षक खटाउने शिक्षा मन्त्रालयको निर्णय भएकोले जिल्ला विकास समितबाट माग भएमा शिक्षक खटाउने गरी ब्यवस्था मिलाउन शिक्षा विभागले सम्बन्धित जिल्ला शिक्षा कार्यालायलाई परिपत्र गरेको छ ।

'अध्यययन अध्यापन कार्यमा बाधा नपुग्ने गरी शिक्षकहरुको परिचालन गर्ने ब्यवस्था मिलाउनुहुन अनुरोध छ' विभागका निर्देशक वैकुण्ठ अर्यालद्धारा जारी परिपत्रमा भनिएको छ ।

भूकम्प प्रभावित १४ मध्ये ३ जिल्ला ललितपुर, भक्तपुर र काठमाडौं बाहेकका ११ जिल्लामा शिक्षक खटाउने बारेमा सचिवस्तरीय निर्णय भएकोले सोही अनुसार ब्यवस्थापन गर्न विभागले जिशिकालाई परिपत्र गरेको हो ।

जस अनुसार दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रे, नुवाकोट, रसुवा, गोरखा, धादिङ् र मकवानपुरका शिक्षकलाई परिचालन गरिने भएको हो ।

प्रकाशित मिति २०७२ माघ १ गते

प्रतिक्रिया