Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

अझै ३० प्रतिशत बासिन्दा निरक्षर !

शुक्रबार, ०१ माघ २०७२

काठमाडौँ, १ माघ । कञ्चनपुरमा अझै ३० प्रतिशत बासिन्दा निरक्षर रहेका छन् । जिविस कञ्चनपुरले सङ्कलन गरेको विवरणअनुसार कुल जनसङ्ख्या चार लाख ५० हजारमध्ये ७० दशमलव ७९ प्रतिशत बासिन्दा मात्रै साक्षर रहेका छन् ।  निरक्षरमा अधिकांश १८ वर्षदेखि ६० वर्षमाथिका वृद्धवृद्धा मात्रै रहेका छन् । 

निरक्षर बासिन्दालाई साक्षर गराउन गैसस र जिल्ला शिक्षा कार्यालयमार्फत कार्यक्रम सञ्चालन भइरहेको जिविस, कञ्चनपुरका स्थानीय विकास अधिकारी मोहन पौडेलले बताए । ‘‘निरक्षर बासिन्दालाई अनौपचारिक कक्षामार्फत दुई वर्षभित्रै साक्षर गराउने लक्ष्य लिएका छौँ” उनले भने ।  

यसैगरी, शुद्ध खानेपानीमा ८४ प्रतिशत, सिँचाइ सुविधा ७५ दशमलव २९ प्रतिशत, शौचालय प्रयोगमा ७५ प्रतिशत बासिन्दाको पहुँच पुगेको छ । कञ्चनपुर मानव विकास सूचकाङ्कमा ४९औँ स्थानमा रहेको छ । 

यहाँका बासिन्दाको सरदर आयु ६४ दशमलव १ वर्ष रहेको छ । सडक र विद्युत् सेवा जिल्लाका सबै क्षेत्रमा पुगेको जिविसको विवरणमा उल्लेख गरिएको छ । 

रासस 

 

प्रतिक्रिया