Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

भूकम्पमा भत्केका विद्यालय अझै उस्तै !

शुक्रबार, ०१ माघ २०७२

काठमाडौँ, १ माघ । चितवनको लोथर ७ स्थित श्यामराङमा रहेको दुङबाङ प्राविको दुईकोठे भवन गत बैशाख १२ गतेको महाभूकम्पले भत्कियो । भवन भत्किएपछिको बर्षातको समयमा विद्यार्थीलाई पढ्न समस्या भयो । घाम लाग्दा पढाउने र पानीप पर्दा विदा गर्नुपर्ने सम्मको अवस्था आयो । 

सदरमुकामबाट एक दिनको दुरीमा रहेको उक्त विद्यालयमा अहिले विद्यार्थीलाई चौरमा पढाउने गरिएको छ। दुईकोठे भवन बन्दै छ ।  विद्यालयमा डेक्सबेञ्चको समस्या  छ। भुईमै बसेर पढ्नुपर्ने बाध्यता रहेको छ। केही विद्यार्थीले त घरबाटै पिरा ल्याँउछन् । 

भूकम्पमा विद्यालय  भत्किदा डेक्सबेञ्चसम्म क्षति भएको छ। अहिले विद्यार्थीलाई बस्नै समस्या छ । विद्यालयमा १ सय ६६ विद्यार्थी अध्ययनरत छन् ।  अहिले पनि भूकम्पले क्षति पुर्र्याएका पहाडी जिल्लाका स्कुल उस्तै अवस्थामा छन् । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया