Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

एसएलसीको कपी परीक्षण (फोटो फिचर)

आइतबार, २९ चैत्र २०७१

पोखरा २९ चैत / क्षेत्रीय शिक्षा निर्देशनालय कास्किमा यस बर्षको एसएलसी परीक्षामा सहभागि विभिन्न १६ जिल्लाका ८ हजार ५ सय विद्यार्थीको कपी परीक्षण भईरहेको छ । कास्किमा २ ठाउँमा भईरहेको परीक्षण मध्ये निर्देशनालयमा मात्रै एक सय परीक्षक, परीक्षणमा सहभागि छन् ।

२३ गतेबाट शरु भएको परीक्षणमा अहिले सम्म कोडिङ्को काम सकेर परीक्षणको काम आधा भएको निर्देशक बैकुण्ठ अर्यालले एडुखबरलाई बताए । परीक्षण पछि संपरीक्षणको काम शुरु हुने छ । हरेक १ सय कपी मध्ये १० वटा कपीको संपरीक्षण गरिने छ ।

बैशाखको १५ गते भित्र परीक्षणको सम्पूर्ण काम सक्ने उनले बताए ।

पश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्लामा गरी १८ स्थानमा कपी परीक्षण भईरहेको अर्यालल बताए । कास्कि सहित नवलपरासी, रुपन्देही, तनहुँ र स्याङ्जामा २/२ स्थानमा र पाल्पा, गुल्मि, कपिलबस्तु, म्याग्दी, बाग्लुङ्, गोर्खा, लम्जुङ् र पर्वतमा १/१ स्थानमा कपी परीक्षण भईरहेको उनले बताए ।

यसैविच नियन्त्रक विष्णुबहादुर द्धारेले देशभरी कपी परीक्षणको काम द्रुत गतिमा सञ्चालन भईरहेको बताए । पश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्लामा कपी परीक्षणको अनुगमन गरी आईतबार कास्कि आएका उनले पूर्व निर्धारित समय बैशाख मसान्त सम्म परीक्षणको काम सम्पन्न हुने बताए ।

 

 

 

फोटो : चर्चित 

प्रतिक्रिया