Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

जिप्रकाद्वारा परीक्षा सञ्चालनमा रोक !

आइतबार, २६ पुस २०७२

काठमाडौँ, २६ पुस । वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसमा स्नातकस्तरको प्रवेश परीक्षा सञ्चालन गर्न लागेको अवस्थामा मकवानपुर जिल्ला प्रशासन कार्यालयले हस्तक्षेप गरी रोक लगाएको छ । 

सो क्याम्पसको वन विज्ञान सङ्कायअन्तर्गत स्नातक तहमा २६१ जना विद्यार्थीले सो क्याम्पसमा भर्ना हुन पाउँ भनी आवेदन फर्म दर्ता गराएका थिए । सोही मागबमोजिम आज क्याम्पस प्रशासनले प्रवेश परीक्षा लिन लगाइएको थियो । 

यसैबीच, सो प्रवेश परीक्षा हाललाई स्थगित गर्नु भनी शिक्षा मन्त्रालय र त्रिविविका उपकुलपतिले वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसलाई लिखित आदेश दिएको थिए । 

सो प्रवेश परीक्षा सञ्चालन गर्न लागिएकाले क्याम्पस हाताभित्र जिल्ला प्रशासन कार्यालयको निर्देशनबमोजिम प्रहरी परिचालन गरिएको थियो । 

सुरक्षाको कारण दर्साई वन विज्ञान अध्ययन संस्थान पोखराका डिन चिरञ्जीवीप्रसाद उपाध्याय र वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसका क्याम्पस प्रमुख युनिष अन्सारीलाई आज बिहान ८ देखि बेलुकी ८ बजेसम्म नियन्त्रणमा लिई अहिले रिहा गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले राससलाई बताए ।

रासस 

 

प्रतिक्रिया