Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

प्राविधिक शिक्षाको आवश्यकता : विज्ञ

शनिबार, २५ पुस २०७२

काठमाडौँ, २५ पुस । विभिन्न शिक्षाक्षेत्रका विज्ञहरुले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन् । 

तिलिङ्गाटार उमाविको ५४औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा शिक्षा विभाग, शैक्षिक प्रशासन महाशाखाका निर्देशक वैकुण्ठ अर्यालले शिक्षालाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेको बताउँदै भने, “पछिल्लो समयमा प्राविधिक शिक्षाको माग बढ्दै गएको छ यसलाई अगाडि बढाउनु जरुरी छ ।” 

उनले तिलिङ्गाटार उमाविले शिक्षा क्षेत्रमा गरेको योगदान सराहनीय भएको बताउँदै यसको बृहत्तर विकासका लागि सरकार सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।

शिक्षा मन्त्रालयका पूर्वसहसचिव महेश्वर पौडेल, विद्यालयका प्राचार्य सरोजकुमार पाण्डेलगायतले सबैकोे साझा थलो विद्यालय भएकाले यसको विकासका लागि सबै एक जुट हुनुपर्नेमा जोड दिए ।  

कार्यक्रममा विद्यालयमा सर्वोकृष्ट अङ्क ल्याएका विद्यार्थीलाई सम्मान गरिएको थियो भने ‘नवसन्देश’ शीर्षक स्मारिका विमोचन गरिएको थियो । विंस २०१९ मा स्थापित सो उमाविमा हाल एक हजार पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् । 

रासस

प्रतिक्रिया