Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

छात्रबृत्ति कोषबाट न्यानो कपडा वितरण

शनिबार, २५ पुस २०७२

काठमाडौँ, २५ पुस । दांगको विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । दाङको बालकल्याण प्रावि डाँडापातुमा रहेका ८० जना विद्यार्थीलाई छात्रवृत्ति स्मृति कोषबाट न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको हो । 

पूर्व सांसद देवबहादुर केसी र डिल्लीबहादुर केसीले स्थापना गरेको रु ७७ हजार राशिको अम्मर भुमा स्मृति छात्रवृत्ति तथा लक्ष्मण केसीले स्वर्गीय बुबा इन्द्रबहादुर केसीको स्मृतिमा स्थापना गरेको रु ५१ हजार राशिको इन्द्रबहादुर केसी छात्रवृत्तिबाट उनीहरुलाई न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नन्दराज शर्माले जानकारी दिए । ्

रासस 

 

प्रतिक्रिया