Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विद्यालयलाई राजनीतिक अखडा नबनाउ : थापा

शनिबार, २५ पुस २०७२

काठमाडौँ, २५ पुस । उपप्रधानमन्त्री तथा परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले विद्यालयमा राजनीतिक अखडा नबनाई गुणस्तरीय र दक्ष जनशक्ति उत्पादन थलोको रुपमा विकास गर्न आह्वान गरेका छन् ।

उहाँले मकवानपुर जिल्ला गडी गाविस वडा नं ४ स्थित कुरले दमारम प्लान नेपाल मकवानपुरद्वारा निर्मित वंशगोपाल माध्यमिक विद्यालय भवनको आज उद्घाटन गर्दै उनले राजनीतिक दलहरुले हिंसालाई प्रोत्साहन नदिई संसदीय प्रजातन्त्रको सुदृढीकरण र राष्ट्रियतालाई बलियो तुल्याउन सशक्त भूमिका खेल्नुपर्ने बताए ।

सो अवसरमा व्यवस्थापिका–संसद्का सदस्यद्वय गणेश थापा र इन्द्रबहादुर बानियाँले राष्ट्रको आवश्यकता पूरा गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने र देशभक्तिको भावना जगाउने जीवनोपयोगी शिक्षा मुलुकलाई खाँचो रहेको बताएका थिए । 

वंशगोपाल माविका प्रधानाध्यापक पूर्णभद्र चौलागाईंले गुणस्तरीय शिक्षाका लागि शिक्षक र अभिभावकको सक्रियता आवश्यकता रहेको बताए । 

रासस 

 

प्रतिक्रिया