Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

बसको नक्कली टिकट पेश गरेर करोडौ झवाम्

सोमबार, ३० चैत्र २०७१

 २ करोड २५ लाख ५४ हजार यसरी खर्च गरेको पाइयो 

काठमाडौं ३० चैत /अख्तियार दुरुपयोग अनुन्धान आयोगले छानविन गर्दा शिक्षा विभागबाट अनुगमनमा जाने कर्मचारीले नक्कली हवाई टिकेट पेश गरेर अनियमितता गरेपछि पैसा तिराइसकेको छ । 

आयोगमा पैसा तिर्नेमा विभागका कर्मचारी मात्रै होइन मन्त्रालयका सहसचिव, पूर्व सहसचिव, पत्रकार, शिक्षक संघ संगठनका पदाधिकारी, विज्ञहरु समेत सयौको संख्यामा थिए । आयोगको छानविनपछि पैसा तिर्न नसकेपछि केही कर्मचारीले रुवाबासी समेत गरे । आयोगले निश्चित समय अवधि तोकेर पैसा तिर्न लगाएको थियो । 

छानविनमा विभागबाट यातायात र हवाई टिकटको पैसा लिएपनि जुन ठाउमा जानु पर्ने हो, त्यहा नगई टिकट पेश गरेर रकम लिएको पाइएको थियो । कतिपयले सस्तो टिकटमा यात्रा गरेर महंगो पेश गरेको पाइएपछि पैसा तिराएको थियो । 

आयोगले बस, माइक्रोबस प्रयोग गरेर यात्रा गरेको टिकटको भने छानविन गरेको थिएन । महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण गर्दा बसको टिकटमा समेत अनियमितता गरेको देखाएको छ । महालेखाले आइतबार सार्वजनिक गरेको ५२ औ प्रतिवेदन अनुसार विभागका कर्मचरीहरुको पेश्की पर्छौट गरेका भ्रमण बिल नक्कली भेटिएको हो ।

बस, माइक्रोबस चढेर यात्रा गरेपनि टिकट पेश नगरेको महालेखाले औल्याएको छ ।  त्यस्तै यातायात व्यवस्था विभागबाट स्वीकृत दररेटभन्दा बढी भुक्तानी गरेको पाइएको छ । त्यस्तै हवाई यात्राको टिकट तथा बोडिङ बास समेत पेश नगरी भुक्तानी लिएको छ । ‘पेश गरेको पनि कतिपय टिकट र बोडिङ पासको उडान नम्बर फरक परेको छ,’५२ औ प्रतिवेदनमा भनिएको छ,‘यसले कर्मचारीहरुको भ्रम्ण खर्चको दाबी भुक्तानी यथार्थ देखिएन ।’ दैनिक तथा भ्रमण भत्ता खर्च लेखेको २ करोड २५ लाख ५४ हजार यसरी खर्च गरेको पाइएको छ । महालेखाले उक्त रकम छानविन हुनु पर्ने औल्याएको छ । 

 

 

 

 

 

 

 

प्रतिक्रिया