Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

चेपाङ भाषा संरक्षणमा शिक्षकहरु 

शुक्रबार, २४ पुस २०७२

काठमाडौँ, २४ पुस ।  पुराना पुस्ता आफ्नो भाषाबारे जानकार हुन्छन् । नयाँ पुस्ता भने भाषाका बारेमा कमै जानकार हुन्छन् । नयाँ पुस्ताले पुर्खाको पालादेखि बोल्दै आएको भाष नजान्दा र नबोल्दा लोप हुने खतरा सबै समुदायमा छ ।

त्यही भएर चेपाङ समुदायका शिक्षकहरु भाष सरक्षण अभियानमा जुटेका छन् । चेपाङ भाषाको पाठ्यपुस्तक तयार पारेर विद्यालयमा पठाइएको छ ।  चेपाङ बालबालिकाको बाहुल्य रहेका विकट विद्यालयमा पुस्तक उपलब्ध गराइएको छ। पुस्तकको नाम डिको किताब (हाम्रो किताब) राखिएको छ। 

विद्यार्थीले प्राय पुस्तक बोकेर विद्यालय आउने गरेका छन् । छुट्टै पढाउने व्यवस्था भने गरिएको छैन् ।  विद्यार्थीलाई समय निकालेर सिकाउँछन् । 

(कान्तिपुर दैनिकमा प्रकाशित समाचार)

 

प्रतिक्रिया