Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

६ विद्यार्थी, ४ शिक्षक !

विहीबार, २३ पुस २०७२

काठमाडौँ, २३ पुस । दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा शिक्षक नभएर विद्यार्थी पढाईबाट बञ्चित भएका छन् । तर काभ्रेको एक विद्यालयमा बर्षौदेखि चार जना शिक्षकले ६ जना विद्यार्थीलाई पढाउँदै आएका छन् ।  कागजमा विद्यार्थी संख्या मिलाई बर्षौदेखि विद्यालय सञ्चालन गर्दै आएको पनौति नगरपालिका २ स्थित धनेश्वर महादेव प्राविमा कक्षा १ देखि ५ सम्म जम्मा ६ जना विद्यार्थीलाई ४ जना शिक्षकले पढाउँदै आएका छन् । 

चारवटा कक्षामा शुन्य विद्यार्थी भए पनि विद्यालयले शिक्षा कार्यालय र हाजिरी कापीमा विद्यार्थीको गलत संख्या देखाएर बर्षौदेखि सञ्चालन गर्दै आएको तथ्य खुलेको हो । विद्यालयले शिक्षा कार्यालयमा बुझाएको तथ्यांकमा कक्षा एकमा ९ जना, कक्षा २ मा ६ जना, कक्षा ३ मा ३ जना र कक्षा ४ गरी कुल २२ जना विद्यार्थी देखाएको छ। 

विद्यालयमा कक्षा एकमा मात्र ६ जना विद्यार्थी छन् । अरु कुनै कक्षामा एक जना विद्यार्थी पनि छैनन् ।  शिक्षा नियमावली २०५९ अनुसार विद्यालयमा प्रतिशिक्षक ४५ जना विद्यार्थी हुनुपर्ने प्रावधान रहे पनि विद्यालयमा चार शिक्षकका लागी ६ विद्यार्थी हुदाँसमेत सम्बन्धित निकाय बेखबर छ । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया