Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

एसएलसी आउनै लाग्दा कक्षा १० को पढाई स्थगित 

विहीबार, २३ पुस २०७२

काठमाडौँ, २३ पुस । सुर्खेतको सैनिक आवासीय महाविद्यालयमा शिक्षक र विद्यार्थीबिच आइतबार तनाब सिर्जना भएपछि शुक्रबारसम्मका लागी कक्षा १० का पढाइ स्थगित भएको छ। 

विद्यालयले कक्षा १० का विद्यार्थीलाई बुधबार अभिभावकको जिम्मा लगाएर होस्टेल खाली गरेको छ।  आइतबार कक्षा १० का विद्यार्थीले शिक्षकमाथी इटा र रड प्रयोग गरी आक्रमण गर्न थालेपछि तनाब भएको थियो । 

केही विद्यार्थीले लागुऔषध प्रयोग गर्ने गरेको भेटिएपछि सम्झाउन खोज्दा झडप भएको विद्यालय प्रशासनले जनाएको छ।  आक्रोशित विद्यार्थीले सोमबार पनि विद्यालयमा आक्रमण प्रयास गरेका थिए । 

शिक्षकहरु विद्यालयमा बस्ने वातावरण नभएपछि विद्यालय प्रशासन र अभिभावकको बैठक बसेको थियो । बैठकमा अभिभावकले ने सहज वातावरण बनाउन केही दिनका लागी विद्यार्थीलाई आफुहरुले जिम्मा लिने प्रस्ताव राखेको एक अभिभावकले बताए । 

(नयाँ पत्रिका दैनिकमा गणेशकञ्चन भारतीले समाचार लेखेका छन् )

 

प्रतिक्रिया