Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

भूकम्पपीडित विद्यार्थीलाई छात्रवृत्ति !

विहीबार, २३ पुस २०७२

काठमाडौँ, २३ पुस । उच्च माध्यामिक शिक्षा परिषदले ११ र १२ कक्षा अध्ययनरत भूकम्पपीडित विद्यार्थीलाई आवाससहित मासिक ५ सय देखि ७ हजार रुपैयाँसम्म छात्रवृति दिने भएको छ। १ सय ३४ विद्यार्थीले यो अबसर पाउनेछन् ।

परिषदका उपाध्यक्ष चैतन्य शर्माका अनुसार पीडित विद्यार्थीलाई ६ समूहमा विभाजन गरेर मासिक रुपमा छात्रवृत्ति वितरण गर्न लागिएको हो। ‘भूकम्पमा आमा बुबा दुवै वा एक जना गुमाएका विद्यार्थीलाई आवाससहित मासिक भत्ताको व्यवस्था गरेका छौँ, शर्माले भने।’ 

परिषदमा छात्रबृत्तिका लागि आवेदन दिएकामा आमाबुबा दुवै गुमाएका तीन जना छन्। त्यस्तै आमा वा बुबामध्ये एक जना गुमाएका ३५ जना छन्। 

भूकम्पको धक्काले घर भत्किएका र आमाबुबा गुमाएका, बुबा वा आमा र पतिपत्नी गुमाएका, परिवारका अन्य सदस्य गुमाएका, विद्यार्थी स्वयं घाइते भएका, अभिभावक ‘क’ बर्ग या ‘ख’ बर्गको घाइते नभएका बर्गीकरण गरेर छात्रबृत्ति प्रदान गर्न लागिएको हो।

(कान्तिपुर दैनिकमा प्रकाशित समाचार)

 

 

 

प्रतिक्रिया