Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

तीन करोड लगानीमा एक सय ८२ सिकाई केन्द्र 

बुधबार, २२ पुस २०७२

काठमाडौँ, २२ पुस । भूकम्पबाट क्षतिग्रस्त भएका सिन्धुलीका झण्डै एक सय ५० विद्यालयमा तीन करोडको लगानीमा एक सय ८२ अस्थायी सिकाई केन्द्र निर्माण गरिएको छ। 

जिल्ला शिक्षा कार्यालय सिन्धुली, युनिसेफ, रेस्टलेस डेभलपमेण्ट नेपाल, वल्र्ड भिजन इन्टरनेश्नल नेपाल र प्लान इन्टरनेश्नल नेपालको दुई करोड ८८ लाख ६९ भन्दा बढी लगाानीमा ती सिकाई केन्द्र निर्माण गरिएका जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ। 

विनाशकारी भूकम्पका कारण जिल्लाका सयौँ विद्यालय भवनमा क्षति पुुगेको थियो । चार हजार १० विद्यालय भवनमध्ये एक हजार सात ७१ भवन मात्र प्रयोग गर्न सक्ने अवस्थामा थिए । 

कार्यालयको तथ्यांक अनुसार तीन सय तीन पूर्ण क्षति, ६ सय २५ आंशिक क्षति र एक हजार तीन सय १० भवनमा सामान्य क्षति पुगेको उल्लेख  छ। 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित) 

 

प्रतिक्रिया