Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

सामुदायिक विद्यालयमा स्काउट शिक्षा पुर्याइने

मंगलबार, २१ पुस २०७२

काठमाडौँ, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्काउटको संरक्षकको दीक्षा ग्रहण गरेका छन् ।

नेपाल स्काउटको प्रधान कार्यालय लैनचौरमा आयोजित समारोहमा प्रमुख आयुक्त रवीन दाहालले संरक्षकको हैसियतमा उनलाई सो दीक्षा प्रदान गरेका थिए । प्रधानमन्त्री उक्त स्काउटको संरक्षक हुने व्यवस्था छ । 

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नै हिसाबले सेवा पु¥याएकैले देशभर फैलिन सफल भएको नेपाल स्काउटले भूकम्पका बेला निर्वाह गरेको भूमिका सह्रानीय भएको उल्लेख गर्दै हरेक निर्वाचन क्षेत्रका हरेक सामुदायिक विद्यालयमा स्काउट शिक्षा पु¥याइने र यसका लागि सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने जानकारी दिए । 

आफूले स्काउटको संरक्षकको भूमिका मात्र निर्वाह नगरी यसको संरक्षण विस्तार र प्रभावकारिताका लागि पहल गर्ने बताउँदै उनले सामुदायिक विद्यालयका शिक्षकलाई स्काउटको मास्टर तालिम दिलाउन पनि सहयोग गरिनेमा जोड दिए । 

युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले स् देशभर स्काउट सेवा पु¥याउन सरकारका तर्फबाट आवश्यक सहयोग गरिने बताए । 

रासस

प्रतिक्रिया