Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

बढी शुल्क नलिन कलेजलाई क्रान्तिकारीको चेतावनी !

मंगलबार, २१ पुस २०७२

काठमाडौँ, २१ पुस । अखिल (क्रान्तिकारी)ले नीजि मेडिकल कलेजहरुले तोकिएको भन्दा बढी शुल्क लिएर गरिएको भर्ना प्रक्रिया नरोके कलेज तोडफोड गर्ने चेतावनी दिएको छ। नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेकपा माओावादी निकट विद्यार्थी संगठनले मंगलबार राजधानीमा गरेका पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिएको हो । 

संगठनका अध्यक्ष पूर्ण बहादुर सिंहले काठमाण्डौ मेडिकल कलेज र अन्य नीजि कलेजहरुले मनपरी रुपमा शुल्क असुली गरिरहे भौतिक कारबाही स्वरुप कलेजहरुमा ‘आगो बाल्ने’ चेतावनी दिए । ‘हामीले अहिले सकेतमुलक चेतावनी मात्र दिइरहेका छौँ’ उनले भने ‘यदि अझै पनि मनपरी शुल्क रोकिएन भने यसभन्दा कडा र सशक्त आन्दोलन गछौँ’

अखिल क्रान्तिकारीले तोकिएको भन्दा बढी शुल्क लिएर एमबिबिएसमा भर्ना गरेको भन्दै काठमाडौ विश्वविद्यालयमा ताला लगाएको थियो भने राजधानीको मध्यबानेश्वस्थित एपेक्स कलेजमा तोडफोड गरेको थियो ।  क्रान्तिकारीको पुस १९ र २० गते राजधानीमै भएको केन्द्रिय कमिटीको बेैठकले गरेका निर्णयहरु सुनाउन आयोजना गरेको पत्रकार सम्मेलनमा संगठनले आगामी दिनमा कडा किसीमका आन्दोलन गर्ने चेतावनी दिएको छ। 

काठमाडा्रैँ विश्वविद्यायको ताला खोल्ने विषयमा ५ बुदँ सहमति गर्दा चलखेल भएको भन्ने भ्रामक समाचार बाहिर आएको भन्दै क्रान्तिकारीले आफुले कुनै पनि रकम नलिएको स्पष्ट पारेको छ। केयुले विदेशी विद्यार्थीसंग लिएको एमबिबिएस प्रवेश परीक्षामा चिट चोराएर विद्यार्थी पास गराएको भन्दै १२ उत्तरपूस्तिका समेत जफत गरेको थियो ।

 

प्रतिक्रिया