Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

संस्कृत विश्वविद्यालयमा ९ महिनादेखि ताला 

मंगलबार, २१ पुस २०७२

काठमाडौँ, २१ पुस । नियुक्तिको ५ महिना वितिसक्दा समेत दाङको नेपाल सस्कृत विश्वविद्यालयमा उपकूलपति, शिक्षाध्यक्ष र कुलसचिव सहितका पदाधिकारीले कार्यालयमा प्रवेश पाएका छैनन् ।  नौ महिनादेखि लागेको तालाबन्दीका कारण उनीहरुले अझैसम्म पनि प्रवेश नपाएका हुन् । 

विश्वविद्यालयमा कार्यरत विभिन्न दलनिकट प्रध्यापक, कर्मचारी र विद्यार्थी संघ संस्थाले ताला लगाएका छन् ।  तालाबन्दीका कारण उपकूलपति डा.कुलप्रसाद कोइरालालगायतका पदाधिकारी विश्वविद्यालय हाताको आवासमा बसिरहेका छन् । 

कार्यरत प्रध्यापक तथा कर्मचारीले दशैँको पेश्की, तलबभत्तासमेत पाएका छैनन् ।  गत भदौ पहिलो साता पदाधिकारी नियुक्त भएपनि अहिलेसम्म ताला खुलाउने प्रयास सफल हुन सकेको छैन् । 

पदाधिकारील्े विभिन्न दलका दाङ अध्यक्षहरुलाई गुहारे पनि ताला खुल्न सकेको छैन् ।  ताला खोल्न यसअघि गठित वार्ता समितीलाई आन्दोलनरत पक्षले लिखित रुपमै बहिष्कार गरेपछि नवनियुक्त शिक्षाध्यक्ष प्रध्यापक रमेश ढकालको संयोजकत्वमा नयाँ वार्ता समिती गठन भएको छ। 

उक्त समितीले चरणबद्ध वार्ता जारी राखेपनि निकास पाउन सकेको छैन् । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया