Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

पुस्तक छपाईमा न्युन प्रगति 

मंगलबार, २१ पुस २०७२

काठमाडौँ, २१ पुस । हिमाली जिल्लामा शैक्षिक सत्र शुरु हुन एक महिामात्र बाँकी रहेपनि विद्यालय तहको पुस्तक छपाई कार्य प्रभावकारी बन्न सकेको छैन् ।  पुस्तक छपाई द्रुतगतिमा हुन नसक्दा आउने शैक्षिक बर्षमा पनि सामुदायिक विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने संकेत देखिएको छ। 

शिक्षामन्त्री गिरिराजमणी पोखरेलले मन्त्री हुनेवित्तिकै सार्वजनिक गरेको १८ बुँदे प्रतिबद्धतापत्रमा विद्यालय तहको पुस्तक अभावको समस्या समाधान गने विषयलाई प्राथमिकतामा राखे पनि अहिलेसम्म कुनै पनि काम हुन सकेको छैन् ।   सरकारले कक्षा एक देखि पाचँसम्मका विद्यार्थीको पुस्तकको छपाई तथा वितरण कार्य नीजि मुद्रण संस्थालाई दिएको छ। 

६ देखि दशसम्मका पुस्तक छपाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र वितरणको जिम्मा साझा प्रकाशनलाई दिइएको छ।  जनक शिक्षाले आगामी शैक्षिक सत्रका लागी एक करोड ७० लाख थान पुस्तक छाप्नुपर्ने भएपनि अहिलेसम्म ५२ लाख थानमात्र छापेको छ। 

शिक्षामन्त्री पोखरेलले जनक शिक्षा र साझा प्रकाशनको कार्यालयमा पुगेर आउने शैक्षिक सत्र शुरु हुने बेलासम्ममा सरकारी निकायले कति पूस्तक छाप्न सक्छ भन्ने विषयमा यकिन तथ्यांकसहितका कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । 

(अन्नपूर्णपोष्ट दैनिकका सुर्य पाण्डेले समाचार लेखेका छन्।)

 

प्रतिक्रिया