Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विद्यार्थीद्धारा शिक्षकमाथी रड र इट्टा प्रहार

सोमबार, २० पुस २०७२

काठमाडौँ, २० पुस । आफूहरुलाई कारवाही गर्न खोजिएको भन्दै सुर्खेतको वीरेन्द्रनगरस्थित सैनिक आवासीय महाविद्यालयका १० कक्षाका विद्यार्थीहरुले आइतबार शिक्षक र सेनालाई कुटपिट गरेका छन् ।

गाँजा खाएको विषयलाई लिएर विद्यालय प्रशासनले छानविन समिति गठन गरेको थाहा पाएलगत्तै विद्यार्थीहरुले शिक्षक, कर्मचारी र त्यहाँ कार्यरत सेनामाथि आक्रमण गरेका हुन् । विद्यार्थीको आक्रमणबाट आठ जना शिक्षक र केही सेनाका जवान घाइते भएका छन् । ति मध्ये शिक्षकहरु प्रेमप्रसाद उपाध्याय र दानबहादुर कठायतको मात्रै नाम खुलेको छ ।

१० कक्षाका विद्यार्थीहरुले परीक्षा दिइरहेका अन्य कक्षाका विद्यार्थीहरुका प्रश्नपत्र, उत्तरपुस्तिकाका, प्रशासन कक्षमा राखिएका उत्तरपुस्तिका च्यात्नुका साथै कम्प्युटर ल्यावमा तोडफोड गरेका छन् ।

शुक्रबार कक्षा कोठाभित्र पढाउन जाने क्रममा पाँच जना विद्यार्थीहरुले गाँजा खाएको देखेपछि शिक्षकले सम्झाउन खोजेका थिए । विद्यार्थीहरुले सम्झाउने शिक्षकलाई उल्टै धम्की दिएपछि उनले प्रशासनलाई खबर गरेका थिए । 

'प्रशासनलाई किन खवर गरेको भन्दै शनिबार विद्यार्थीहरुले पुनः हामीहरुलाई ज्यान मार्नेसम्मको धम्की दिए' एक शिक्षकले भने, 'सोही विषयलाई लिएर स्टाफ मिटिङ बसेको थियो, सकेर फर्कने वित्तिकै आक्रमण भयो ।'

आइतबार बसेको प्रशासन र स्टाफको संयुक्त बैठकले विद्यार्थीहरुले गाँजा खाएको विषयमा छानविन समिति गठन गर्नुका साथै दोषि पाइएका विद्यार्थीलाई अभिभावकको जिम्मा लगाउने निर्णय गरेको थियो । ुयो निर्णय गरेर फर्कने वित्तिकै हामीमाथि एक्कासी रड, ढुङ्गा, इट्टा र लाठीले आक्रमण भयोु अर्का शिक्षकले भने, ुहामीले भागेर ज्यान बचायौं ।ु आइतबार दिउूसो साढे १ बजेदेखि विद्यार्थीहरुले आक्रमण सुरु गरेका थिए । शिक्षकमाथि आक्रमण हुन थालेपछि रोक्न गएका सेनाका जवानलाई पनि विद्यार्थीहरुले आक्रमण गरेका थिए । विद्यार्थीहरु शिक्षक, कर्मचारी र आर्मीमाथि आक्रमण गर्दै सडकमा निस्किएका थिए ।

आफूहरुमाथि आक्रमण भएपछि शिक्षकहरु डराएका छन् । ुहामीलाई मात्रै होइन् रोक्न आएका सेनालाई पनि विद्यार्थीहरुले छोडेनन्ु एक शिक्षकले भने, ुयस्तो ठाउँमा अव कसरी पढाउने रुु सैनिक आवासीयको कक्षा १० मा ७२ जना विद्यार्थीहरु अध्ययनरत छन् । 

ति मध्ये ५० भन्दाबढी विद्यार्थीहरु आक्रमणमा उत्रिएका थिए । स्रोतका अनुसार आक्रमणको नेतृत्व एक जना कर्नेलका छोराले गरेका थिए । विद्यार्थीले आक्रमण गरेपछि ठूलो संख्यामा सेना र प्रहरी परिचालन गरिएको थियो ।

विद्यालय प्रशासनले भने विद्यार्थीले गरेको आक्रमणका विषयमा कुनै प्रतिक्रिया दिन चाहेन । प्रतिक्रियाका लागि पटक–पटक फोन सम्पर्क गर्दा पनि प्रिन्सिपल भिमबहादुर बस्नेत सम्पर्कमा आएनन् ।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया