Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

ट्युसन पढ्न शिक्षक नै उर्दी गर्छन् !

सोमबार, २० पुस २०७२

काठमाडौँँ, २० पुस । पछिल्लो समयमा कैलालीमा अवैध ट्युसन सेन्टर सञ्चालन भइरहेका छन् । शिक्षा नियमावली विपरित जिल्लाका विभिन्न स्थानमा प्राथमिक विद्यालयदेखि स्नातक तहसम्मका ट्युसन तथा कोचिङ सेन्टरहरु खोल्नेक्रम बढ्दै गएको भएपनि सरोकारवाला निकाय भने मुकदर्शक भएका छन् । 

कैलाली सदरमुकामा धनगढी, अत्तरिया, चुहालम्की, टीकापुर नगरक्षेत्र लगायत चिसापानी, सुखड, मसुरिया, चौमाला बजारहरुमा अबैध ट्युसन कक्षाहरु सञ्चालनमा छन् ।  स्रोतका अनुसार जिल्लाभित्र अहिले करिब एक  सय ७५ भन्दा बढी अबैध ट्युसन सेन्टहरु निर्वाध रुपमा चलिरहेका छन् । 

तर जिल्ला शिक्षा कार्यालयले भने अहिलेसम्म एक ट्युुसन सेन्टर मात्रै सञ्चालनमा रहेको जनाएको छ।  अबैध ट्युसन सेन्टर सञ्चालन गर्न विभिन्न क्याम्पस प्रमुख देखि प्रध्यापक तथा शिक्षकहरु बढी नै सक्रिय छन् । 

शिक्षकले विद्यालयमा जिम्मेवार भएर पढाउनुभन्दा ट्युसन सेन्टर तथा कोचिङमा बढी समय दिने भएकाले पनि शिक्षाको गुणस्तर खस्किदै गएको छ। 

(गोरखापत्र दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया