Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

शिक्षा क्षेत्रमा १६ करोडको सम्झौता

सोमबार, २० पुस २०७२

काठमाडौँ, २० पुस । नवलपरासीमा जिल्ला शिक्षा कार्यालयले नवलपुर क्षेत्रमा करिब १२० विद्यालयसँग भौतिक संरचना निर्माण गर्न करिब रु १६ करोड बराबरको सम्झौता गरेको छ । 

विद्यालयमा भौतिक निर्माणअन्तर्गत, दुईकोठे, तीनकोठे, चारकोठे, छकोठे र आठकोठे भवन, शौचालय, खानेपानी पूर्वधार निर्माण र मर्मत सम्भारलगायतको काम गर्न विद्यालयसँग सो सम्झौता गरेको हो । 

जिल्लाभर करिब ४५० विद्यालयलाई यस कार्यक्रमअन्तर्गत बजेट वितरण गर्ने योजना रहेको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी गोपालप्रसाद कँडेलले बताए । 

रासस 

 

प्रतिक्रिया