Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विद्यार्थी नै नभएका स्कुलसमेत बनाइँदै 

आइतबार, १९ पुस २०७२

काठमाडौँ, १९ पुस । विद्यार्थी नभएका विद्यालयहरु एकिन नगरी सरकारले भुकम्पले भत्किएका विद्यालय पूनर्निर्माणको प्रक्रिया अघि बढाउने भएको छ।  निर्माण गर्नुअघि विद्यार्थी न्यनु भएका विद्यालयको तथ्यांक अझै एकिन गरिएको छैन् । 

भूकम्प गएको केही समयपछि मन्त्रालयले तयार गरेको शिक्षण संस्थाहरुको पूनर्निर्माण र व्यवस्थापनसम्बन्धि कार्यविधि मा विद्यालय समायोजन गरेर मात्र पूनर्निर्माणको काम गर्ने भनिएको थियो । भूकम्पले भत्किएका विद्यालय बनाउन सरकारले दातासंग ऋण लिएको छ। विद्यार्थी नभएर गाभ्नुपर्ने विद्यालय भवनसमेत यस्तो रकमबाट बनाउने सरकारी योजना छ । 

त्यस्ता विद्यालय पूनर्निर्माण गर्दा ठूलो रकम अनावश्यक काममा खर्च हुनेछ ।  दाताले पनि आफ्नो लगानीमा बन्ने विद्यालय उनीहरुकै स्वार्थ अनुकुल खर्च गर्न चाहेका छन् । 

जिल्ला शिक्षा कार्यालयले तयार पारेका विद्यालय नक्सांकन प्रतिवेदन, दरबन्दी मिलान र विद्यालय समायोजन गरेर मात्र पूनर्निर्माणको काम शुरु गर्नुपर्ने हो ।  बेलैमा यस्तो काम नगर्दा स्थानीयको विरोधले भविष्यमा थोरै विद्यार्थी भएका यस्ता विद्यालयमा पनि लगानी गर्ने बाध्यता आउन सक्छ । 

(कान्तिपुर दैनिकमा मकर श्रेष्ठले समाचार लेखेका छन्।)

 

प्रतिक्रिया