Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

मेडिकल शिक्षामा निर्णय हुदैन : शिक्षामन्त्री

शनिबार, १८ पुस २०७२

काठमाडौँ, १८ पुस । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले मेडिकल शिक्षाको विषयमा तत्काल सरकारले केही निर्णय नगर्ने बताएका छन् ।   उनले मेडिकल कलेजले पढाउने विषयमा पहिलेको सरकारले गरेका निर्णय कार्यान्वयन नगर्दासम्म नयाँ विषयमा छलफल नहुने उल्लेख गरे । 

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) रुपन्देहीले मङ्गलापुरमा शुक्रबार आयोजना गरेको शैक्षिक बहसमा बोल्दै मन्त्री पोखरेलले पहिलेको सरकारले रु ३५ लाखमा र किस्ताबन्दीमा भर्ना गर्ने निर्णयलाई कार्यान्वयन गर्दा अप्ठ्यारो परेमात्र नयाँ ढङ्गले सोच्च सकिने बताएका हुन् ।

“म मन्त्री हुनसाथ मेडिकल सञ्चालक आएका छन् । तर तत्काल अघिल्लो सरकारले गरेका निर्णय कार्यान्वयन गर्नुपर्छ, । अनि समस्या आएपछि मात्र नयाँ छलफल हुन्छ । शिक्षा विधेयक सहमतिका आधारमा पारित गरिन्छ ।” उनले भने । 

समाजवाद उन्मुख शिक्षा नीति कस्तो हुनुपर्छ भन्ने विषयमा बहस चलाउन जरुरी रहेको छ भन्दै उनले शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन प्रतिस्पर्धा गर्नु आवश्यक रहेको उल्लेख गरे ।  

उनले शिक्षा क्षेत्रका छुट्टाइएको बजेट कम भएको भन्दै नयाँ काम गर्न बजेट चाहिने बताए ।

(रासस) 

 

प्रतिक्रिया