Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

माविको विज्ञापन खुलाउने प्रकृया शुरु

शुक्रबार, १७ पुस २०७२

भक्तपुर - शिक्षा विभागले माध्यमिक तहको स्थायी शिक्षकको विज्ञापन खुलाउने प्रक्रिया शुरु गरेको छ । विभागले ०६३ पछि खाली रहेको दरबन्दीको विवरण तीन साताभित्र पठाउन क्षेत्रीय कार्यालयहरुलाई निर्देशन दिएको छ ।

शिक्षक सेवा आयोगले ०७१ असारदेखि गत असारसम्म खाली रहेको दरबन्दीमा विज्ञापन गर्ने योजना बनाएको छ । आयोगको उक्त योजना अघि बढाउन विभागले तथ्याङक संकलन गर्न थालेको हो ।
निम्न माध्यमिक र माध्यमिक तहको स्थायी शिक्षकको विज्ञापन फागुनभित्र खुलाउने गरी काम भईरहेको आयोगले जनाईसकेको छ ।

उक्त खबर पढ्नुहोस्  निमावि र माविको विज्ञापन फागुनभित्र

०६३ वैशाख १० पछि अस्थायी नियुक्ति भएका तथा हाल रिक्त रहेका जिल्लागत रुपमा विद्यँलयगत एवं बिषयगत विवरण माघ १५ भित्र पठाउन विभागले पाँचै विकास क्षेत्रलाई निर्देशन दिएको हो । विवरण पठाउँदा विद्यालयको नाम, कुन बिषयमा कति शिक्षक रिक्त छन् ? पठाउनु पर्ने हुन्छ ।

विभागले अंग्रेजी, विज्ञान, गणित, नेपाली सामाजिक र अन्य बिषय शिक्षकको विवरण पठाउन भनेको छ ।

प्रकाशित मिति २०७२ पुस १७ गते 

प्रतिक्रिया