Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

जिल्लाहरुमा शैक्षिक अभियान चलाउन शिक्षामन्त्रीको निर्देशन 

शुक्रबार, १७ पुस २०७२

काठमाडौँ, १७ पुस । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले शिक्षामा सुधार ल्याउन जिल्ला तहबाटै अभियान चलाउन जिल्ला शिक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  

क्षेत्रीय शिक्षा निर्देशनालय पोखराको आयोजना तथा जिल्ला शिक्षा कार्यालय रुपन्देहीको संयोजनमा बिहीबार भैरहवामा भएको कार्यक्रममा मन्त्री पोखरेलले २१औँ शताब्दीअनुसारको जनशक्ति उत्पादन गर्न शिक्षा कार्यालयका साथै विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकको चाहना हुनुपर्ने बताए ।  

उनले नयाँ संविधानले निर्देश गरेअनुसारको शैक्षिक नीति र कार्यक्रम ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिँदै त्यसलाई कार्यान्वयनको तहमा पु¥याउने तयारी गर्नसमेत निर्देशन दिए ।  

शैक्षिक क्षेत्रमा भूकम्प र मधेस आन्दोलनको असरबारे छलफलसमेत भएको कार्यक्रममा शिक्षा विभागका महानिर्देशक खगराज बराल तथा क्षेत्रीय निर्देशक मित्रनाथ गड्तौलाले वर्तमान शिक्षा नीतिलाई समयसापेक्ष परिमार्जन गर्दै जाने बताए । 

कार्यक्रममा लुम्बिनी अञ्चलका ६ जिल्ला र चितवनका जिल्ला शिक्षा अधिकारीले भूकम्प र मधेस आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन केही समय प्रभावित भएको र प्रभावित भएका कक्षालाई अहिले सञ्चालन गरिएको बताए ।  

उनीहरुले शिक्षालाई शान्ति क्षेत्रका रुपमा स्थापित गर्न सरकार तथा राजनीतिक दलले गम्भीरतापूर्वक काम गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।  

(रासस) 

 

प्रतिक्रिया